यो यस्तो ठाउँ, जहाँका पुरुषले दुईवटा विवाह नगरे जेल जानुपर्छ | Khabarhub Khabarhub

यो यस्तो ठाउँ, जहाँका पुरुषले दुईवटा विवाह नगरे जेल जानुपर्छ


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून देश अनुसार फरक फरक हुृन्छ । हाम्रो देशमा बहुविवाह गरे जेल जानुपर्छ तर अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे सजाय मिल्ने कानून छ ।

इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ । सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग विवाह गर्नैपर्ने कानून बनाएको हो। कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले सरको यस प्रकारको अनौठो कानूनको निर्माण गरेको हो।

कानूनको उल्लंघन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जेलको सजाय हुन्छ । पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि यदि पहिलो श्रीमतीको रुपमा विवाह गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि सजाय हुने कुरा कानूनमा उल्लेख छ ।

श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकैदको सजाय हुनसक्ने प्रावधान कानूनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ३८ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस