प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको जित | Khabarhub Khabarhub

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको जित


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड विजयी भएको छ ।

बिहीबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर युनाईटेडले सेफिल्ड युनाईटेडलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

उसको जितमा मार्कुस रासफार्डले दुई गोल गर्दै पाहुना टोलीको जितको आधार तयार गरे ।

पूर्वक्लबविरुद्ध उत्रिएका ड्यान हेन्डरसनले सेफिल्डलाई सुरुवातमै अग्रताको मौका दिए । प्राप्त बल क्लियर गर्न नसक्दा डेविड म्याकगोल्डरिकले घरेलु टोलीलाई खेलको पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । लगत्तै सेफिल्डका जोन फ्लिकले सुन्दर अवसर गुमाए ।

२६औँ मिनेटमा मार्कुस रासफार्डको गोलमार्फत म्यान यु खेलमा फर्कियो । एन्थोनी मार्टियलले गोल गर्दै म्यान युलाई २–१ को अग्रता दिलाए । उनले गोलका लागि पाउल पोग्बाको पासलाई सदुपयोग गरे ।

मार्टियलकै पासमा रासफार्डले ब्यक्तिगत दोस्रो गोल गर्दै म्यान युलाई ३–१ ले अघि बढाए । खेल सकिन ३ मिनेट बाँकी छदाँ घरेलु टोलीका म्याकगोल्डरिकले ब्यक्तिगत दोस्रो गोल गर्दै हार अन्तर कम गरेका थिए ।

जित सहित म्यानचेष्टर युनाइटेड तालिकाको छैठौँ स्थानमा उक्लिएको छ । सेफिल्ड १ अंकसहित तालिकाको पुछारमै रह्यो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : २० बजे

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२