उपाध्यक्ष गौतमले भने : अध्यक्ष 'प्रचण्ड'को प्रस्ताव फिर्ता हुँदैन | Khabarhub Khabarhub

उपाध्यक्ष गौतमले भने : अध्यक्ष ‘प्रचण्ड’को प्रस्ताव फिर्ता हुँदैन


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमा आफू प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

बुधबार सचिवालय बैठकपछि गौतमको सचिवालयले विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा आफू प्रतिवद्ध रहेको बताएका हुन् ।

सचिवालयद्वारा  सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही भ्रमहरु छरिएका प्रति हाम्रो गम्भीर आपत्ति छ । नेकपा उपाध्यक्ष क.वामदेव गौतमले अध्यक्ष क.प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयबल्स शैलीको छ ।’

यस्तो छ गौतमको सचिवालयद्वारा सार्वजनिक विज्ञप्ति-

केही भ्रमहरु छरिएका प्रति हाम्रो गम्भीर आपत्ति छ ।

नेकपा उपाध्यक्ष क.वामदेव गौतमले अध्यक्ष क.प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ ।

आजको सचिवालय बैठकलाई सौहाद्रतापूर्ण तवरले सञ्चालन गर्नुपर्ने चुनौति थियो । आज क.प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा पनि थिएन । त्यसकारण वामदेव कमरेडलगायतका अन्य नेता कमरेडहरुले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति आजको बैठकमा दिनुभएन ।

तर, समाचारहरुमा चर्काचर्की भयो, धम्साधम्सी भयो भन्दैभन्दै क.वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए । वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन् । अध्यक्ष तथा प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव दर्ज गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएपछि बैठकको सौहाद्रतामा अझ बल पुगेको थियो ।

क.प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु क.वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ । यसबीचमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीहरुसँगको भेटमा पनि उहाँले यो कुरा व्यक्त गरिसक्नुभएको छ । प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो ।

क.केपी ओलीलाई धरातीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्‍याउने काम तुरुन्त रोकियोस् । उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस् ।

क.वामदेव गौतमको सचिवालय
भैसेपाटी, ललितपुर

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ५० बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय