कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

गत २४ घण्टामा मात्र १ हजार ४४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, झापामा १६, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, संखुवासभामा १ र सुनसरीमा २ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी  प्रदेश २ को धुनषामा १०, पर्सामा १, बारामा ४, महोत्तरीमा ६, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १ सय ५, धादिङमा ७, नुवाकोटमा ७, भक्तपुरमा ४८, मकवानपुरमा १७, रामेछापमा ३, ललितपुरमा १ सय ६८, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा ५, तनहुँमा १३, नवलपरासी पूर्वमा २३, पर्वतमा २, म्याग्दीमा ३, लमजुङमा २, वागलुङमा ५ र स्याङजामा १५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा १, दाङमा १४, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा ४, बर्दियामा २, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा १६ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमको भने कैलालीमा ८ र दार्चुलामा २ जनामा कोरोना भेटिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ५ : २५ बजे

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई