नेकपा सचिवालय बैठक सुरू, ओली पनि सहभागी | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक सुरू, ओली पनि सहभागी


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे सुरू भएको बैठकमा प्रथम अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । बैठक सार्ने प्रयास असफल भएपछि ओली पनि बैठकमा सहभागी भएका हुन् ।

सचिवालय बैठककै समयमा मन्त्रिपरिषद बैठक राखेका ओलीले त्यसलाई एक घण्टापछि अपराह्न २ बजेलाई सारेका छन् । सचिवालय बैठकमा सहभागी हुनअघि ओलीले आज पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटका छन् ।

आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि ओली दबाबमा छन् । उनले मंगलबार राति पनि राष्ट्रपति भण्डारीलाई भेटका थिए ।

पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् ।

नेकपा विवाद बढेपछि चिनियाँ पक्षले पनि त्यसको व्यवस्थापनमा सक्रियता देखाएको छ । चिनियाँ राजदूत होउ यान्छीले मंगलबार नै दुई घण्टा ओलीलाई भेटेकी थिइन् ।

बैठक कुनै मुद्दामा प्रवेश नगरी स्थगन गर्न दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भद्र सहमति भएको स्रोतले जनाएको छ।

मंगलबार राति चिनियाँ राजदूत र आज बिहान राष्ट्रपति भण्डारीसंगको परामर्शपछि प्रधानमन्त्री ओली कुनै पनि कदम नचाल्ने निष्कर्षमा पुगेका हुन् ।

प्रचण्डले पनि तत्कालका लागि  सहमतिको प्रयासमा लाग्ने भन्दै सचिवालय बैठकमा एजेण्डारहित छलफल गर्ने र केही दिन बैठक रोक्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

दुई अध्यक्षको सहमतिमै १ बजे डाकिएको मन्त्रिपरिषद् बैठक २ बजे सारिएको पनि बालुवाटारनिकट स्रोतको दाबी छ ।

हिजोबाट बढेको चिनिया दबाबसँगै दुबै नेता तत्काल अघि नबढ्न राजी भएका हुन् । चिनियाँ राजदूत र दूताबासका कर्मचारीहरु नेकपा कुनै पनि हालतमा बिभाजन हुन नहुने र दुबै पक्षबीच उचित पावर सेयररिङ डिल गरी संकट समाधानमा तयार भएका हुन् । नेकपामा संकट गहिरिदै जाँदा चिनियाँ दबाब बढ्ने गरेको छ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको थियो ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १ : ४० बजे

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका