वीर अस्पतालका स्वास्थ्यकर्मी ३१ दिनदेखि आन्दोलित | Khabarhub Khabarhub

वीर अस्पतालका स्वास्थ्यकर्मी ३१ दिनदेखि आन्दोलित


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन ३१ दिन हुँदा पनि अझै उनीहरूको मागको सुनुवाई भएको छैन ।

कोभिड-१९ मा काम गरेको भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै स्वास्थ्यकर्मीहरु ३१ दिनदेखि आन्दोलित छन् । तर, उनीहरूको माग अझै सम्बोधन भएको छैन ।

कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोवल गिराउने काम सरकार गरेको उनीहरुको आरोप छ ।

आफूहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१औँ दिनमा पनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए ।

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधासमेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १२ : ४८ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा