अर्थमन्त्री पौडेल र वामदेव गौतमबीच भेटवार्ता | Khabarhub Khabarhub

अर्थमन्त्री पौडेल र वामदेव गौतमबीच भेटवार्ता


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।

पार्टीभित्र उत्पन्न भएको विवादका विषयमा छलफल गर्न पौडेल र गौतमले भेटवार्ता गरेका हुन् ।

यसअघि पौडेलले मंगलवार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेटेका थिए । आज उनले गौतमलाई भेटेर पार्टीमा देखिएको विवादबारे छलफल गरेको स्रोतले जनायो ।

केही समयदेखि नेकपामा चरम विवादको अवस्था सिर्जना भएको छ । नेकपाका दोस्रो तहका नेताहरूले पार्टी फुटको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : ०० बजे

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।