चुनावको 'धाँधली' अस्वीकार गर्ने निर्वाचन सुरक्षा अधिकारीलाई ट्रम्पले गरे बर्खास्त | Khabarhub Khabarhub

चुनावको ‘धाँधली’ अस्वीकार गर्ने निर्वाचन सुरक्षा अधिकारीलाई ट्रम्पले गरे बर्खास्त


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आरोपलाई अस्वीकार गरेका निर्वाचन सुरक्षा अधिकारी बर्खास्त भएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई ट्रम्पले बर्खास्त गरेका हुन् ।

ट्रम्पले ट्वीट गर्दै साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका हुन् ।

क्रिसले हालै वक्तव्य जारी गरेर नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि प्रकारको धाँधली भएको प्रमाण नरहेको बताएका थिए ।

उनले वक्तव्य नै जारी गरी धाँधली नभएको बताएलगत्तै ट्रम्पले बर्खास्त गरेका हुन् ।

क्रिसले जारी गरेको सो वक्तव्य सरासर झुट रहेको आरोप ट्रम्पले बताएका छन् ।

नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजित हुँदा पनि ट्रम्पले हार स्वीकारेका छैनन् । उनले धाँधली भएको बताउँदै आएका छन् । तर, प्रमाण दिन सकेका छैनन् ।

निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत चाहिनेमा जो बाइडेनले ३०६ मत पाएर बिजयी भइसकेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ४० बजे

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद