स्वीडेनमाथि फ्रान्सको सहज जित | Khabarhub Khabarhub

स्वीडेनमाथि फ्रान्सको सहज जित


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले स्विडेनमाथि सहज जित हात पारेको छ ।

समूह ए४को अन्तिम खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ ।

खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे ।

खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे ।

खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे ।

जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा परेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : २९ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को