नेसन्स लिगमा स्पेनसँग जर्मनकी लज्जास्पद हार | Khabarhub Khabarhub

नेसन्स लिगमा स्पेनसँग जर्मनकी लज्जास्पद हार


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले लस्जास्पद हार ब्योहोरेको छ ।

लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को शानदार जित हात पारेको छ ।

एकपक्षीय भएको खेलमा स्पेनका लागि फेरान टोरेसले ह्याट्रिक गरे । यस्तै रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे ।

खेलको १७औँ मिनेटमा स्पेनले अग्रता बनायो । फाबियन रुइजको कर्नरमा मोराटाले हेडमार्पत गोल गरे ।

३३औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे ३८औँ मिनेटमा स्पेनले ३-० को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफमा जर्मनीले डिफेन्डर परिवर्तन गरे पनि खेल राम्रो हुन सकेन ।

५५औँ मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल गर्न सफल रहे । टोरेसले नै ७१औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।

९०औँ मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६-० को जित पक्का गरे ।

जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

स्पेनले ६ खेलमा ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीको ६ खेलमा ९ अंक छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : १२ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका