एनआरएन मध्यपूर्व भेला : अलपत्र नेपालीलाई निःशुल्क उद्धार गरी स्वदेश फर्काउन माग | Khabarhub Khabarhub

एनआरएन मध्यपूर्व भेला : अलपत्र नेपालीलाई निःशुल्क उद्धार गरी स्वदेश फर्काउन माग



एनआरएन मध्यपूर्व भेला : अलपत्र नेपालीलाई निःशुल्क उद्धार गरी स्वदेश फर्काउन माग

दोहा- गैरआवासीय नेपालीहरु (एनआरएनए)को मध्यपूर्व भेलाले विदेशमा अलपत्र परेका नेपालीहरूको निशुल्क उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

‘आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, समाजिक पुर्नस्थापनाको सूनिश्चिता’ भन्ने नारा साथ भर्चुअल माध्यमबाट यही अक्टोबर १६ र १७ मा भएको गैरआवासीय नेपाली संघको सातौं मध्यपूर्व क्षेत्रीय भेलाले उक्त माग गरेको हो ।

भर्चुअल भेलामा नेपालीहरुको उद्धार, स्वदेश फिर्ती, स्वदेशमा पुनर्स्थापन तथा रोजगारको ग्यारेन्टी, बिदेशमा पुन: श्रम स्वीकृती, बैदेशिक रोजगार कल्याणकारी कोषको उचित ब्यबस्थापन र सदुपयोग, श्रमिकका जीवन रक्षा लगायतका गम्भीर बिषयमा छलफल भएको थियो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले आयोजना गरेको उक्त भर्चुअल भेलाको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले शुक्रबार उद्घाटन गरेका थिए ।

भेलामा महिलाहरुले भोग्नु परेका पीडा, बिदेशमा नेपाली महिलाहरु बेचिनु पर्ने बाध्यता, महिला हिंसा, अन्याय अत्याचार तथा सामाजिक विभेदउपर समाजामा भएका असामान्य घटनाक्रमको निराकरण सम्बन्धी विषय पनि छलफल गर्दै १५ बुँदे निर्णय भएका छन् ।

भेलाका १५ बुँदे निर्णयहरु यस प्रकार छन्:

१. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरु, गन्तव्य मुलुकमा रोजगारी गुमाएका साथै विभिन्न कारणले अलपत्र परेका जो नेपाल फर्कन चाहने नेपालीहरुलाई बैदेशिक रोजगार कल्याणकारी कोष मार्फत सहज तवरले निशर्त वा निःशुल्क उद्धार गरी स्वदेश फर्काउनका लागि नेपाल सरकारसँग अनुरोध गर्दछौं ।

२. वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुको पुनर्स्थापना र स्वरोजगारको लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकार बीच स्वदेशमै रोजगार श्रृजना गर्न सहकार्य गर्ने छ । नियमित विदा वा अन्य कारणले नेपाल गएका तर स्वदेशमै रोकिएका नेपालीहरुलाई सहज हुने गन्तव्य मुलुकमा फिर्ता आउन सहजीकरणका लागि अविलम्व पहल गर्न नेपाल सरकारसँग माग गर्ने । स्वदेश तथा गन्तब्य मुलुकबाट तय भएको हवाई भाडा दरमा सुलभ र सस्तो बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने ।

३. वैदेशिक रोजगारीमा जानेका लागि गन्तव्य मुलुकमा रहेका  राजदूतावासमा नै पुनः श्रम स्वीकृति तथा विमा नवीकरणको व्यवस्था मिलाउन र श्रम वैंक स्थापना सहित प्रत्येक कामदारको वैंक खाता खोल्न पहल गर्ने । साथै वैदेशिक रोजगारका लागि सामाजिक सुरक्षा राम्रो भएका नयाँ गन्तव्य मुलुकको खोजी गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

४. गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले प्रस्ताव गरेको निशुल्क सदस्यतालाई स्वागत गर्दै राष्ट्रिय समन्वय परिषदहरुलाई संस्था संचालनको लागि वैकल्पिक श्रोतहरु जुटाउन सहयोगको लागि अन्तर्राष्ट्रिय समन्वय परिषदसंग अनुरोध गर्दछौं । साथै संघले अघि सारेको स्मार्ट एनआरएन, अनलाइन मतदान लगायतका रुपान्तरणका विषयलाई सातौं मध्यपूर्व भेलाले ऐक्यबद्धता जनाउने ।

५. बैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सामूहिक लगानि मार्फत संघको १०० मिलियन डलरको सामूहिक लगानीको कार्यक्रममा मध्यपूर्व क्षेत्रलाई पनि अभिप्रेरित गर्ने । साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले स्थापना गरेको वैदेशिक रोजगार कोष वृद्धिको लागि विप्रेषणबाट प्राप्त रकम मध्येबाट २ पैसा उक्त कोषमा जम्मा गर्ने गरी संघले गरेको प्रस्ताव कार्यन्वयनका लागि आवस्यक पहल गर्न नेपाल सरकारसंग अनुरोध गर्दछौं ।

६. बैदेशिक रोजगारमा आउने अदक्ष महिलाहरुको लागि आवश्यक आधारभूत तालिम र भाषागत ज्ञान अनिवार्य गर्ने र विदेशबाट फर्किएका नेपाली महिलाहरुलाई ससम्मान समाजमा पुनर्स्थापना गर्ने साथै मध्यपूर्व क्षेत्रमा रहेका घरेलु कामदारले सोही रोजगारदाताकोमा पुनः काम गर्न चाहेमा अभिलेखिकरण गरी श्रम स्वीकृति दिन नेपाल सरकारसंग अनुरोध गर्दछौं ।

७. विदेशमा रहेका नेपाली नागरिकहरुले पनि कार्यरत रहेका मुलुकहरुबाट नै मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग माग गर्ने ।

८. गैरआवासीय नेपालीको वर्तमान परिभाषामा परिमार्जन गरी अन्तर्राष्ट्रिय प्रचलन अनुसार स्थापनाकाल देखिनै संघले मान्यता दिंदै आएको एक आर्थिक वर्षमा १८२ दिन बढी विदेश वस्ने नेपालीहरुलाई परिभाषा भित्र समेट्न नेपाल सरकारसंग अनुरोध गर्दछौं ।

९. दक्ष जनशक्ती उत्पादन तथा उद्यमशीलता विकासको लागि गैरआवासीय नेपाली संघसंगको सहकार्यमा सातै प्रदेशमा व्यावशायीक तालिम केन्द्रहरु स्थापना गर्न नेपाल सरकारसंग माग गर्ने । साथै गैरआवासीय नेपाली संघ, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय तथा नेपालस्थित व्यावसायिक संघसंस्थाहरुसँग समन्वय गरी रोजगार सम्मेलन गर्ने ।

१०. नेपाली राजदूतावासहरुसंग सहकार्य गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको वास्तविक विवरण सहितको तथ्याङ्क संकलन गर्ने ।

११. वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा कायम गर्नको लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न नेपाल सरकारसंग अनुरोध गर्दछौं । साथै नेपाल सरकार श्रम मन्त्रालयले स्थापना गरेको सिप बैंक (स्किल्ल बैंक) एप्स मा आवश्यक सुधार सहित अबिलम्ब कार्यन्वयनको लागि अनुरोध गर्दछौं ।

१२. गैरआवासीय नेपाली संघ र नेपाल राष्ट्रिय खेलकुद परिषद बीच भएको सम्झौतामा व्यवस्था भए अनुसार हाम्रो संघका प्रतिनिधिलाई अन्य खेलकुद विभागको सदस्य सरह राख्न अनुरोध गर्दछौं ।

१३. मध्यपूर्व जहाँ यूवाहरूको बाहुल्यता भएको हुनाले यूवाहरूमा आईरहने विभिन्न समस्या न्यूनिकरण गर्न र यूवाहरूलाई संस्था भित्र प्रोत्साहन गर्नको लागि यूवा विभागलाई यूवा राहत कोषको ब्यवस्था गर्न संघसँग अनुरोध गर्दछौं ।

१४. वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई अनलाइन स्वास्थ्य परामर्श र सचेतना सेवा (Tele Medicine Service) अबिलम्ब प्रदान गर्नको लागि नेपाल सरकारसंग अनुरोध गर्दछौं ।

१५. गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय भेलाहरुले विगत देखि उठाउँदै आएका विषयहरु तथा निर्णयहरुमा उल्लेख भएका वुंदाहरु कार्यान्वयनका लागि पहल र अनुगमन गर्न प्रत्येक राष्ट्रिय समन्वय परिषद्बाट अध्यक्षले प्रतिनिधित्व गर्ने गरी क्षेत्रिय संयोजकको संयोजकत्वमा एक समिति गठन गर्ने ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : १३ बजे

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार