सुपर ओभरमा काेलकातासँग हैदरावाद पराजित | Khabarhub Khabarhub

सुपर ओभरमा काेलकातासँग हैदरावाद पराजित


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।

हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो । त्यसमा लकी फर्गुसनले घातक बलिङ गरे । यसअघि २०/२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर ठ्याक्कै १ सय ६३ रन बनायो । हैदरावादले नयाँ ब्याटिङ जोडी उतारेको थियो । यसक्रममा जोनी बियरस्टो र केन विलियम्सनले पहिलो विकेटका लागि ५८ रनको सोझदारी गरे ।

कोलकाताका लागि भने खाली दुई ब्याट्सम्यानले ३० रनभन्दा माथिको स्कोर बनाए । त्यसमा कप्तान इओन मोर्गनको ३४ र प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३४ रन बनाएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : १८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको