वायु सेवा निगम र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्यको सम्झौता | Khabarhub Khabarhub

वायु सेवा निगम र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्यको सम्झौता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रबर्द्धनका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल भ्रमणमा आउने विदेशी सञ्चारकर्मी, ब्लगर तथा लेखकलाई निगमले निःशुल्क टिकट उपलब्ध गराउने भएको छ।

नेपाल पर्यटन बोर्ड र निगमबीच आइतबार भएको सम्झौता अनुसार निगमका विभिन्न नौ वटा अन्तर्राष्ट्रिय गन्तव्यबाट आउने आमन्त्रित व्यक्तिलाई टिकट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृति (सीईओ) धनन्जय रेग्मीले निगमले एउटा गन्तव्यबाट ९ जनाका दरले टिकट उपलब्ध गराउने गरी निगमसँग सम्झौता भएको बताए ।

निगम र बोर्डबीच भएको यस्तो सम्झौतामा दुवै निकायले नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धमा सहकार्य गर्ने, बोर्ड पुगेको स्थानमा निगमको प्रवर्द्धन गर्ने, निगमले पनि बोर्डलाई पर्यटन प्रवर्द्धनमा सहजीकरण गर्नेसहितको सम्झौता भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको यस सम्झौताले कोरोनाको महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको प्रबर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०