प्रदेश १ मा थपिए ४७४ कोरोना संक्रमित  | Khabarhub Khabarhub

प्रदेश १ मा थपिए ४७४ कोरोना संक्रमित 


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४७४ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये १४९ महिला र ३२५ पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एक-एक तथा प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : २५ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।