४५ वर्षपछि यो दशैंमा कपडा पाएँ, जुत्ता ६ वर्ष पुरानै : महावीर पुन | Khabarhub Khabarhub

४५ वर्षपछि यो दशैंमा कपडा पाएँ, जुत्ता ६ वर्ष पुरानै : महावीर पुन


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा आफूले नयाँ कपडा उपहार पाएकोमा खुशी व्यक्त गरेका छन् ।

सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्- ‘सायद ४५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् ।  पुरानो जडौरी होइन ।’

उनले आफ्नो जिन्दगीको यो दोस्रो नयाँ सुट भएको समेत बताएका छन् । उनले जुत्ता भने ६ वर्ष पुरानो नै भएको जनाएका छन् ।

‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनुभएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्’, उनले फेसबुकमा लेखेका छन्,  ‘आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरेँ ।’

उनले दशैंका बेला नयाँ कपडा कहाँबाट आयो भनेर नसोध्न समेत सबैमा आग्रह गरेका छन् । केही महिनापछि यस विषयमा आफैले बताउने समेत जनाएका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ४३ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई