भिभोको भी २० नेपालमा, उत्कृष्ट फ्रन्ट क्यामेरासहितका यस्ता छन् विशेषता | Khabarhub Khabarhub

भिभोको भी २० नेपालमा, उत्कृष्ट फ्रन्ट क्यामेरासहितका यस्ता छन् विशेषता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी २० नेपाली बजारमा उपलब्ध गराएको छ । भी २०मा रहेको ४४ एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकसका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।

नयाँ भी २० स्लिम र लाइटवेट पनि छ र ७.३८ एमएम अल्ट्रा स्लिक एजी ग्लास रहेको छ जसले युवा प्रयोगकर्ताहरुको दु्रत गति जीवनशैलीलाई सहजता दिलाउँछ । उक्त स्मार्टफोनमा ६४ एमपी क्यामेराको साथमा सुपर नाइट मोड रहेको छ जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरिय तस्बिर प्रदान गर्दछ ।

भिभो नेपाल भन्छ, “भिभो सधैं परिवर्तन हुने समय र ग्राहकहरुको व्यवहार, आवश्यकता र प्राथमिकताहरुको साथमा विकसित हुने कुरामा विश्वास गर्दछ । हामी सेल्फी क्रेज, फोटोग्राफी चलन र रचनात्मक मस्तिष्कहरुको आवश्यकताहरु बुझ्छौं । भी २० को साथमा, भिभो आफ्नो उत्कृष्ट नयाँ विशेषता र डिजाईनहरुबाट प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन र नयाँपन ल्याउन तयार रहेको छ । भी २० मा अटोफोकस क्यामेरा क्षमताहरुको साथ अल्ट्रा–स्लिक र आर्कषक डिजाईन रहेको छ ।”

उत्कृष्ट अटो–फोकस क्षमताको साथ अग्रिम क्यामेरा प्रविधि

भी २० को अत्याधुनिक क्यामेरामा उत्कृष्ट अटो–फोकस क्षमता रहेको छ जसले सेल्फी प्रेमीहरुका लागी सेल्फी क्षमताहरुको एक नयाँ संसार खोल्दछ ।

उक्त स्मार्टफोनमा ४४ एमपी आई अटोफोकस विशेषता रहेको छ जसले जीवनको हरेक पल अत्यन्तै सहज र स्थिर रुपमा कैद गर्न सकिन्छ । यस विशेषताले सेल्फी लिँदा तस्बिरको फोकस सधैँ कायम रहन्छ ।

यसको लेन्स आई अटोफोकससँग सुसज्जित छ जसले चलिरहेको वस्तुहरुमा फोकस गर्न अग्रिम एल्गोरिदमहरुको प्रयोग गर्दछ । यसको शक्तिशाली सब्जेक्ट्–ट्रयाकिंग प्रविधिले फोटो र भिडियोहरुको गुणस्तरमा थप निखार ल्याँउछ ।

उक्त विशेषताले प्रयोगकर्ताले चाहे नजिकै वा पर दूरीबाट खिच्दा पनि निकै सहजताका साथ उत्कृष्ट नतिजा प्रदान गदर्छ । यस विशेषताबाट सेल्फी प्रेमी र सामाग्री सर्जकहरुले निकै लाभ उठाउन सक्छन् ।

सुपर नाइट सेल्फी:

उत्कृष्ट अटोफोकस विशेषताको साथ प्रयोगकर्ताहरुले अध्यारो र कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट–उज्यालो सेल्फीहरु लिन सक्नेछन् । भिभो भी २०को विभिन्न एक्स्पोजर र नोइज–क्यानसिलेशन्–एल्गोरिदमले अध्यारोमा पनि अनुहारको अत्यधिक विशिष्ट विवरणहरु सेल्फीमा कैद गर्न सक्छ ।

साथै, औरा स्क्रिन लाइटले स्वत रुपमा उत्कृष्ट सेल्फीको लागी प्रकाश मिलाउँदै तस्बिरमा उत्तम रंग तापमान र प्र्राकृतिक स्किन–टोन प्रदान गर्दछ ।

डुअल भ्यू भिडियोः

यस विशेषताले दुवै फ्रन्ट र रियर क्यामेरा एकै पटक प्रयोग गरि भिडियो रेकर्ड गर्न सकिन्छ । यस विशिष्ट विशेषताले दुवै फ्रन्ट र रियर क्यामेराको फुटेज जोड्दछ जसले गर्दा प्रयोगकर्ताहरुले एकै पटकमा अन्तर्क्रियात्मक भिडियो रेकर्ड गर्न सक्छन् ।

स्लो मो सेल्फी भिडियोः

यस स्लो–मो विशेषताबाट प्रयोगकर्ताहरुले वास्तविक क्षणहरु रेकर्ड गरी समयको गति नियन्त्रण गर्न सक्छन् । यस विशेषता मार्फत प्रयोगकर्ताहरुले २४०एफपीएसको मजा लिँदै, छिटो र ढिलो गतिमा स्विच गर्न सक्छन् ।

स्टिडीफेस सेल्फी भिडियोः

प्रयोगकर्ताहरुको फोटोग्राफी र भिडियोग्राफी अनुभवलाई स्टेडिफेस सेल्फी भिडियो विशेषताले थप पूर्ण बनाँउछ । यसले अनुहारमा फोकस केन्द्रित गर्दछ र फोनबाट भिडियो खिच्दा हात वा शरिरको चालको कारणले हुने धमिलो ईमेजहरु घटाउँदछ । यसमा रहेको फेस–डिटेक्सन्–एल्गोरिदमले भिडियो लिँदा स्थिरता दिलाउँछ ।

४के सेल्फी भिडियोः

यस ४के सेल्फी भिडियो मोडले ४के रिजोलुशनको साथ भिडियोहरुमा थप निखार प्रदान गर्दछ । यस विशेषताले आकर्षक र लोभलाग्दो ईफेक्टस्हरु प्रयोग गर्नको लागी एडिटिङ–टुल–किट प्रदान गर्दछ ।

मल्टी स्टाइल पोर्टरट र एआर स्ट्रिकरः

यी दुई विशेषताहरु होशियारीका साथ निजीकृत रंग र फेस–ब्यूटी समर्थन गर्नका लागि बनाईएको हो । यी विशेषताहरुले फाटो– स्टाईल–इफेक्ट्स्को एक विस्तृत विविधताको लागी प्रयोगकर्ताहरुको रचनात्मक माग पूरा गर्दछन् ।

६४एमपी मेन रेयर क्यामेर प्लस ८एमपी मल्टि फंसन क्यामेरा प्लस २एमपी मोनो क्यामेरा सेटअपले अल्ट्रा–क्लियर र हाई–डिफिनिशन फोटोग्राफी अनुभव प्रदान गर्दै जीवन्त, जटिल विवरणहरु कैद गर्छ जुन मजाले जुम गर्दापनि स्पष्ट रहन्छ । मल्टि फंसनल क्यामेराले सुपर म्याक्रो, बोकेह र ब्ल्याक एण्ड ह्वाईट ईफेक्ट्स्हरुको साथ फोटोग्राफीको लागी धेरै परिप्रेक्ष्यहरु सिर्जना गर्दछ । भी २० रियर क्यामेराले पनि ग्राहकहरुको जीवनको क्षणहरु कैद गर्नका लागी धेरै विशेषताहरु प्रदान गर्दछ ।

सुपर नाइट मोडः

रातको समयमा फोटोग्राफी गर्नुको अनुभवमा भी २० रियर क्यामेराको सुपर नाईट मोडले विशेष फिल्टरहरुबाट अन्धकारमा लुकेका छायाहरुलाई कैद गर्दै थप पूर्णता दिलाउँछ । साथै, नयाँ ट्राइपोड नाइट मोडले स्थिरता र एक्सपोजर बढाँउछ जसले गर्दा रातको सुन्दरता सहजै कैद गर्न सकिन्छ ।

मोसन अटोफोकसः

यस विशेषताले चलिरहेको वस्तुहरु ट्रयाक गर्दछ । कुनै पनि व्यक्ति वा वस्तुमा मात्र दुई पटक ट््याप गरेपछि, पुरा फ्रेमभरि नै त्यसैमा निरन्तर फोकस बसिरहन्छ ।

स्लिक डिजाईन र कलर पल्लेट

भी २० आफ्नो अल्ट्रा–स्लिक र स्टाईलिस् कलर पल्लेटको साथमा शानदार देखिने स्मार्टफोनको उत्तम उदाहरण बनेको छ जुन युवाहरुको स्मार्ट र विकसित जीवनशैलीसँग सजिलै मेल हुन्छ । यसमा ७.३८एमएम अल्ट्रा स्लिक डिजाइन र २.५डीको आकार मात्र १७१ग्राम वजन छ । यसमा रहेको ६.४४ इन्च एलईडी एफएचडी डिस्प्लले रंगिन बनाउँछ ।

भी २०मा रहेको एजी ग्लास टेक्नोलोजी र रचनात्मक त्रिकोणीय म्याट्रिक्स् क्यामेरा सेटअपको साथमा यो एक प्रिमियम लुक भएको स्मार्टफोन हो जसले युवा जीवनशैलीलाई थप पुरक गर्दछ । भी २०को समग्र सौन्दर्यशास्त्र एक फेशनेबल र ट्रेण्डी सेल्फी–प्रेमी पुस्तालाई प्रभावित गर्ने हिसाबले डिजाईन गरिएको छ ।

एजी ग्लास टेक्नोलोजीः
भी २० को ब्याक कभरमा एजी ग्लास प्रविधि रहेको छ जसले राम्रो पकड दिन्छ । यसले धुलो रहित र स्क्रयाच प्रतिरोध लुक प्रदान गर्छ र यो ग्लासले एक नरम स्पर्श प्रदान गर्दै स्मार्टफोनको सतहलाई थप परिष्कृत गर्दछ ।

डुअल टोन स्टेपः

भी २०मा होसियारीका साथ अदितीय रुपमा फ्ल्यास पहिलो तहमा छ र क्यामेराहरु दोस्रो तहमा राखी तयार गरिएको छ । पछाडिको रियर क्यामेरा राम्ररी पातलो तहहरुमा संगठित छन् । भिभो भी २०का रंगहरु प्रकृतिको रहस्यमय सुन्दरताबाट प्रेरित छन् । यो दुई फेशनेबल रंगहरुमा उपलब्ध छ जुन विशेष रुपमा प्रयोगात्मक युवाहरुको फेशन भावना र आत्म अभिव्यक्तिसँग मेलखाने रुपमा डिजाईन गरिएको छ ।

मिडनाइट ज्याज यसको सिग्नेचर रंग हो । यो रहस्यमय र ऊर्जाले भरिएको छ र अराजकताको बीचमा दृढ रहनको लागी शान्ति र आत्मविश्वास प्रदान गर्दछ । सनसेट मेलोडी सूर्यास्त हुँदा समुन्द्रि किनारहरुको सम्झना दिलाउने न्यानो रंगहरुबाट प्ररित रहेको छ ।

पावर–प्याक्ड प्रदर्शनी
भी २० दुबै डिजाइन एक्सेसोरी र द्रुत गतिशील उपयोगकर्ताहरुको लागी एक शक्तिशाली कम्प्यूटिंग उपकरणको रुपमा निर्माण गरिएको छ । यसमा केहि विशेषताहरु विचारपूर्वक राखिएको छ जुसले प्रयोगकर्ताहरुलाई सदा परिवर्तनशील वातावरणमा व्यस्त राख्दछ र मनोरञ्जन प्रदान गर्दछ ।

८जीवी र्याम, १२८जीवी रोम क्षमताको यो फोनमा फनटच ओएस११ प्रविधि रहेको छ । यसको ब्याट्री ४०००एमएएचको साथमा ३३वाटको फ्ल्यास चार्जर रहेको छ जसले बिजुलीको गतिमा ६५ प्रतिशतसम्म ब्याट्री भर्न सक्छ ।

मल्टि टर्बो विशेषताले टर्बो प्रविधिहरुबाट भी २०को समग्र प्रदर्शन बढाउँदछ । अत्यधिक उत्कृष्ट र जोडदार गेमिंग अनुभवको लागी गेम टर्बो पनि साथमा रहेको छ । साथमा मेमोरी रिकलर रहेको छ । यसको स्मार्ट कलरिंग उपकरणले रंगलाई अझ बढाउँदछ ।

भी २० तपाईको नजिकको बजारमा १८ अक्टोबर बाट रु. ४७,९९० मा उपलब्ध छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  २ : १९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका