नेपाली सेनाको पृतनापति सम्मेलन सुरु | Khabarhub Khabarhub

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको पृतनापति सम्मेलन सुरु भएको छ । काठमाडौँमा सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने नेपाली सेनाले जनाएको छ ।

सम्मेलनमा कोरोना भाइरस नियन्त्रणमा भएका उपलब्धी र आगामी दिनका रणनीतिबारे छलफल हुने सैनिक प्रवक्ता एवं सहायकरथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार सबै पृतनापतिहरुले आफ्नो क्षेत्रमा भएका कामकारबाहीबारे जानकारी दिनेछन् ।

भर्चुअल माध्यमबाट गरिने उक्त सम्मेलनमा आठ वटै पृतनापतिहरुको उपस्थिति हुने बताइएको छ । इटहरी, धनुषा, हेटौँडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा सेनाको पृतना रहेको छ ।

सम्मेलनमा पूर्वी कामू पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्य पृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति आनन्दकुमार अधिकारी, पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा लगायत सहभागि रहने प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १२ : ५५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका