संविधान दिवसमा सहभागिता नजनाउने जनता समाजवादी पार्टीको निर्णय | Khabarhub Khabarhub

संविधान दिवसमा सहभागिता नजनाउने जनता समाजवादी पार्टीको निर्णय


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालले विज्ञप्तिमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने जनाएको हो ।

आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए ।

संविधान दिवसमा भाग नलिने बरु त्यसको विरोध गर्ने जनाएको छ । संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोधका कार्यक्रम आयोजना गर्ने जसपाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संविधान संशोधनद्धारा यसलाई सच्याउनका लागि असोज ३ गते शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ५७ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं