रुसले विकास गरेको कोभिड–१९ खोपले देखायो 'साइड इफेक्ट' | Khabarhub Khabarhub

रुसले विकास गरेको कोभिड–१९ खोपले देखायो ‘साइड इफेक्ट’


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस (कोभिड–१९) ले सारा विश्व उथलपुथल भएका बेला रुसी वैज्ञानिकहरुले विश्वकै पहिलो कोरोना भ्याक्सिन विकास गरेको दाबी गरे ।

यो खबरले आंशिक रुपमा खुशी ल्याए पनि तेस्रो परीक्षण नगरिँदै खोप दर्ता गरिएको भन्दै विरोध पनि भयो ।

अझै पनि परीक्षणकै क्रममा रहेको यो खोपले ‘साइड इफेक्ट’ देखाएको छ ।

‘स्पुतनिक भी’ नाम दिइएको यो कोरोना भ्याक्सिनले साइड इफेक्ट देखाएको दाबी गरिएको छ । परीक्षणका क्रममा सहभागी भएका ७ जनामध्ये १ जनामा असर देखिएको रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताएका छन् ।

मुरास्कोले मस्को टाइम्सलाई दिएको अन्तर्वार्ताका अनुसार कूलमध्येका १४ प्रतिशतमा यसको असर देखिएको छ ।

समाचारका अनुसार त्यस्तो असर देखिएकालाई शरीर कमजोर भएको महसुस हुने, माशंपेशी दुख्नेजस्ता समस्या देखिएको बताइएको छ । स्वास्थ्यमन्त्रीका अनुसार त्यस्ता असर भने केही दिनमै देखिन छाडेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : ५८ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन