पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा शुक्रबार विहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पूर्वी नवलपरासी देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालकाअनुसार कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

ती पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भइ अस्पताल भर्ना भएका उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, स्वास्थ्य निर्देशनालय पोखराको रिपोर्टअनुसार शुक्रबार बिहान पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका मात्रै १५ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २९१ पुगेको छ ।

शुक्रबार नै पूर्वी नवलपरासीको देवचुलीस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा रहेका मध्ये ५६ जनालाई एकैसाथ डिस्चार्ज गर्न लागिएको अस्पतालका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ५५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।