कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न गणेशमान सिंह प्रतिष्ठानको अपिल | Khabarhub Khabarhub

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न गणेशमान सिंह प्रतिष्ठानको अपिल


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई अपिल गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि चाँडो भन्दा चाँडो भेन्टिलेटरको संख्या वृद्धि गर्न र उचित जनशक्तिको व्यवस्थापन सुनिश्चित गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘क्वारिन्टिनमा बसेका सम्भावित संक्रमितको अनुगमन पनि प्रभावकारी नहुनुमा जवफदेहिता सरकारले लिनु पर्दछ । भेन्टिलेटर आफैमा उपचार होइन तर यो विपद् व्यवस्थापनको महत्वपूर्ण उपकरण हो ।’

कोरोना संक्रमण बढेसंगै स्थानीयस्तरमा सिल गर्ने वा लकडाउन गर्ने गरिएको भएपनि सो क्षेत्रका वासिन्दालाई खाद्यान्न लगायत अन्य आवश्यक वस्तुहरुको उचित व्यवस्थापन गर्ने समय दिइनुपर्ने विज्ञप्तिमा जनाएको छ ।

‘कोरोना संक्रमणको यस विषम परिस्थितिमा सरकारको गम्भीरता र संवेदनशीलता आवश्यक छ तर सरकारका क्रियाकलाप सो अनुरुप नहुनु ज्यादै दुःखदायी छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानले पीसीआर परीक्षणमा पहुँचवालाले सजिलै परीक्षण गर्न पाउने तर आवश्यक परेका व्यक्तिले परीक्षण गर्न नपाउने जस्ता गैरजिम्मेवार प्रवृत्ति देखा परेको विषलाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने जनाएको छ ।

कोभिड–१९ को कारणले स्वास्थ्य क्षेत्र लगायत अर्थतन्त्रमा पर्ने गम्भीर प्रभावलाई न्यून गर्न सरकारले चान्नु पर्ने कदमका बारे आवश्यक अध्ययन गरी सरकारलाई प्रतिष्ठानका तर्फबाट सुझाव दिएको समेत जनाइएको छ ।  कोरोना भाइरसको नियन्त्रणको उद्देश्यले सरकारले हालै जारी गरेका कतिपय निर्देशनहरु उचित नदिखिएको समेत प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान निम्नकार्यहरु तत्काल गर्न आह्वान गरेको छ-

– निजी क्षेत्रका अस्पताललाई समेत साथमा लिएर पीसीआर परिक्षणको दायरा तत्काल व्यापक गराउन आवश्यक कार्य गर्ने । परीक्षण आवश्यक पर्ने हरेक व्यक्तिलाई तत्काल परीक्षण गर्न पाउने व्यवस्था गर्ने ।
– विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुसंग समन्वय गरी कोभिड–१९ विरुद्ध प्रभावकारी तथा ध्ज्इ द्वारा स्वीकृत खोप उपलब्ध हुनासाथ नेपालको पनि त्यसमा पहुँच पुग्ने गरी अहिले देखि नै आवश्यक कार्य गर्ने ।
– सम्पूर्ण समाजको परिचालन आजको आवश्यकता हो । तसर्थ सम्पूर्ण राजनीतिक दल, नागरिक समाज आदिको संलग्नतामा सामाजिक परिचालन समिति गठन गरी प्रत्येक वडामा परिचालन गर्ने ।
– अन्तरपालिका र जिल्लामा हुने आवागमन वैज्ञानिक तवरले अनुगमन गर्ने । भनसुनको आधारमा दिइने छुटलाई तत्काल कडाईका साथ बन्द गर्ने ।
– स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतका अग्रमोर्चामा खटिनेहरुको स्वास्थ्य अवस्थालाई प्राथमिकता दिने ।
– भेन्टिलेटरको संख्यामा वृद्धि र तिनको परिचालनमा उचित जनशक्तिको व्यवस्थापन सुनिश्चित गर्ने ।
– आइसोलेसनमा पल्स अक्सिमिटर जस्ता उपकरणको अभाव हुन नदिई बिरामीको अनुगमन प्रभावकारीरुपमा गर्ने ।
– गरिब, असहाय र जोखिममा परेका व्यक्तिहरुलाई खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको व्यवस्था पालिका मार्फत् गर्ने ।
– कोभिड–१९ सम्बन्धी हुने प्रत्येक खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन र नियमित अनुगमन गर्नका लागि पेशागत संगठन, नागरिक समाज, बुद्धिजीवी, महत्वपूर्ण व्यक्तित्व तथा सरकारी प्रतिनिधि लगायतको संलग्नतामा समिति गठन गर्ने ।
– कोरोना प्रसारको सम्भावना कम वा बढी अध्ययन गरेर व्यवसाय सञ्चालनका बारे नीतिगत निर्णय लिने ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ३५ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन