अमेरिकाको ‘डेथ भ्याली’, जहाँ पुग्यो पृथ्वीकै उच्च तापक्रम | Khabarhub Khabarhub

अमेरिकाको ‘डेथ भ्याली’, जहाँ पुग्यो पृथ्वीकै उच्च तापक्रम


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम पुगेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले गरेको मापनमा ५४.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । जुन पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम हो ।

केही हप्तायता अमेरिकाको पश्चिमी क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ । आगामी साता अझै तापक्रम बढ्न सक्ने मौसमविदहरुले आँकलन गरेका छन् ।

शनिवार उच्च तापक्रमका कारण उर्जा कारखानामा समस्या देखिएपछि क्यालिफोर्नियामा दुई दिन विद्युत अवरुद्ध गरिएको थियो ।

डेथ भ्याली राष्ट्रिय निकुञ्जमा निकै गर्मी भएको त्यहाँ कार्यरत अधिकारीहरुले जनाएका छन् । त्यहाँ यति तातो छ कि, कसैले अनुहारमा केही तातो चीज फालेजस्तो हुन्छ ।

यसअघि सन् २०१३ मा उक्त क्षेत्रमा ५४ डिग्री सेल्सियस मापन गरिएको थियो । एक शताब्दीअघि त्यहाँको तापक्रम ५६.६ डिग्री सेल्सियससम्म पुगेको बताइन्छ । तर, यसलाई भने अहिलेसम्म आधिकारिक मानिएको छैन ।

अमेरिकामा गर्मीको कारणले ज्यान गुमाउने अरु मौसमका तुलनामा बढी भएको बताइन्छ । अत्याधिक गर्मी हुँदा शरीरमा पानीको मात्रा कम हुने र अन्य रोग पनि लाग्न सक्ने सम्भावना हुन्छ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : २३ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर