यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद | Khabarhub Khabarhub

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – साथीको छोरीलाई यौन दुर्व्यवहारको गरेको आरोपमा बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ ।

बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ ।

राईले आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् ।

गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि उनले साथमा ल्याएका थिए ।

सो क्रममा उनले ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लगेको थियो । बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् ।

घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन् । – रासस ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ४६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय