एनआरएनए कतारले अलपत्र १४ नेपालीको उद्धार गरी स्वदेश पठायो | Khabarhub Khabarhub

एनआरएनए कतारले अलपत्र १४ नेपालीको उद्धार गरी स्वदेश पठायो



दोहा-  एनआरएन कतारले उद्धारको प्राथमिकतामा परेर पनि हवाई भाडा जुटाउन नसकेका अलपत्र १४ नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ ।

कोरोना भाइरस कोभिड-१९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका उनीहरुलाई नेपाल फिर्तीका लागि हवाई टिकट सहयोग गरेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व तथा सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार दुई चरणमा गरी १४ जनालाई हवाई टिकट उपलब्ध गराइएको हो ।

पहिलो चरण जुलाई १८ तारिखमा दुबै मिर्गौला गुमाई लामो समयदेखि अस्पतालमा उपचाररत कपिलवस्तुका अब्दुल मुगिस मु र दार्चुलाका कमान सिंङ महरलाई निशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको उनले बताए ।

यस्तै, जुलाई १९ तारिखमा लामो समयदेखि एनसीसीको सेल्टरमा रहेका संखुवासभाका साल बाहदुर कार्की र सप्तरीका रामप्रीत ठाकुरलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको जनाएको छ ।

दोश्रो चरण अगष्ट १४ तारिखमा सर्लाहीका राम दुलार चौधरी, उदयपुरकी ज्ञानुका पोख्रेल, ईलाम कृष्णा राई, कपिलवस्तुका मोहम्मद खुरसिद, मोरङका ईश्वर कुमार श्रेष्ठलाई निशुल्क हवाई टिकट उपलब्ध गराई स्वदेश पठाएको छ ।

यसैगरी, अर्घखाँचीका अनीश मियाँ, झापाका रामचन्द्र राजबंसी, कपिलवस्तुका गुरू प्रसाद चौधरी, धनुषाका अजिज अन्सारी तथा सिरहाका चन्द्र बहादुर मगरलाई निशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको अध्यक्ष मुसलमानले बताए ।

उनले अन्य अलपत्रहरु नेपालीहरुको उद्धार तथा राहतमा एनआरएन कतार कटिवद्ध रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०