विभिन्न चार प्रदेशमा वर्षा | Khabarhub Khabarhub

विभिन्न चार प्रदेशमा वर्षा


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी न्यून चापीय रेखाको प्रभावले अहिले नेपालका विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।

आज दिउँसो पनि सामान्य बदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । आज राति देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिसम्म नै वर्षाको सम्भावना रहेको विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ५० बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको