कर्णाली राजमार्गमा पहिराे, कालीकाेट सडकखण्ड बन्द | Khabarhub Khabarhub

कर्णाली राजमार्गमा पहिराे, कालीकाेट सडकखण्ड बन्द


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् ।

लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको हो ।

जिल्लाको टाकुल्ला, चौखोलालगायतका ठाउँमा गएको पहिरोले समस्या आएको छ । पछिल्लो समयमा दुई दिनदेखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको बाढीका कारण थुप्रै यात्रु तथा मालवाहक गाडी रोकिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

सडक सञ्चालनका लागि स्थानीयवासी, प्रहरी, तिलागुफा नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ ।

कर्णाली राजमार्गको सुनारखोला, पिली, मान्मलगायतका ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ५२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ