ग्यास्ट्रिकबाट बच्न सुधार्नुहोस जीवनशैली | Khabarhub Khabarhub

ग्यास्ट्रिकबाट बच्न सुधार्नुहोस जीवनशैली


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल हरेक दोश्रो मानिसमा ग्यास्ट्रिकको समस्या रहेको छ । अधिकाशं नेपालीको साझा रोग झै रहेको ग्यास्स्ट्रिक अर्थात ग्यास्ट्राइटिस आम समस्या बनेको छ ।

सहि समयमा खाना नखानु, सहि मात्रामा नखानु, चिल्लोपिरो नबार्नु र अव्यवस्थित जीवनशैलीका ग्यास्ट्राइटिसको समस्या देखा पर्दछ । पेटको समस्या भएकाले ग्यास्ट्राइटिसबाटै अनेकौं रोगहरु जन्मने गर्दछ । तसर्थ यो समस्या देखा परेमा तत्काल निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. ग्यास्ट्राइटिसको समस्या भएमा तत्काल एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थ खानु पर्दछ । यसका लागी फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, कालो चामल उपयुक्त हुन्छ ।

२. यस्तोमा सकेसम्म भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकलयुक्त खाद्यपदार्थको सेवन गर्नुपर्छ । यसले सुन्निएको पेटको भित्री तहलाई कम गर्छ ।

३. ग्यास्ट्राइटिसको समस्या भए प्रोबायोटिकयुक्त खाना खानु पर्दछ । यसले हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई नष्ट पार्दछ । यो ग्यास्ट्राइटिस गराउने एक कारण हो ।

३. ग्यास्ट्राइटिसको समस्या हुदाँ लसुनको सेवन उपयुक्त हुन्छ । लसुनले पेटमा ग्यास्ट्राइटिसका कारण पर्न गएको असरलाई कम गर्न सहयोगी भूमिका खेल्दछ ।

४. यस समस्यामा फाइबरयुक्त खानाको सेवन उपयुक्त हुन्छ । यस प्रकारको खानाले ग्यास्ट्रिकका साथै पाचन प्रक्रियाको समस्या पनि समाधान गर्दछ । यसका लागी गहुँ, ब्राउन राइस, आलस, भिजाएको गेडागुडी, टुसा उमारिएका गेडागुडी खान सकिन्छ ।

५. यस अलावा राम्रो प्रोटीनको सेवन पनि स्वास्थ्यवद्र्धक मानिन्छ । अर्थात घाँस खाने पशु वा खुल्ला रुपमा पालिएका कुखुराको मासु, गेडागुडी स्वस्थकर प्रोटिनको स्रोत हुन् ।

ग्यास्ट्राइटिसको समस्याबाट बच्न तेलमा तारेको वा तेलयुक्त खानेकुरा खानु हुदैन । सकेसम्म ससेज, फ्राई आलु, चिप्स, समोसा नखानु उपयुक्त मानिन्छ । मासुमा पाइने बोसो पनि खानु हुदैन ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०