लम्कीमा ३३ करोड ९९ लाख राजस्व सङ्कलन | Khabarhub Khabarhub

लम्कीमा ३३ करोड ९९ लाख राजस्व सङ्कलन


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – करदाता सेवा कार्यालय लम्की कैलालीले गत आर्थिक वर्षमा रु ३३ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ३३ वटा शीर्षकबाट रु ३३ करोड ९९ लाख ५५ हजार १०३ राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सुरेन्द्र पोख्रेलले जानकारी दिए ।

‘उत्पादन, वस्तु बिक्री वितरण, परामर्श तथा ठेक्का, सञ्चार, बीमा, हवाई तथा अन्य सेवा, वेदर्तावाल सेवाको मूल्य अभिवृद्धि करबापत रु १३ करोड १० लाख ५७ हजार ४५८ राजस्व सङ्कलन भएको छ”, कार्यालय प्रमुख पोख्रेलले भने, ‘विभिन्न आठ वटा आयकर शीर्षकबाट रु १२ करोड ३८ लाख ५४ हजार १६१ र सुर्तीजन्य पदार्थ, मदिरा, बियर र अन्य औद्योगिक उत्पादनको अन्तःशुल्कबाट रु दुई करोड ४० लाख ३९ हजार ३ ८८ राजस्व सङ्कलन भएको छ ।’

व्यक्तिगत पूँजीगत लाभकरबाट रु एक करोड ९६ लाख ९६ हजार ७६१, बहाल करबाट रु ५७ लाख ४३ हजार ७३, लाभांश करबाट रु १९ लाख ५० हजार ११२, आकस्मिक लाभकरबाट रु एक लाख ६८ हजार ८६९ राजस्व सङ्कलन भएको पोख्रेलले जानकारी दिए ।

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट रु दुई करोड १९ लाख २६ हजार ४४३ ब्याज करबाट रु एक करोड १५ लाख १६ हजार ३३६ र स्वास्थ्य सेवाबापत दुई हजार ५०० राजस्व सङ्कलन भएको छ ।

अझै पनि केही करदाताले राजस्व कार्यालय धनगढीको कोडमा रकम जम्मा गरिरहेका र त्यसलाई यस कार्यालयको कोषमा जम्मा गर्नसके अर्को वर्ष राजस्व अझै बढी सङ्कलन हुने प्रमुख पोख्रेल बताउँछन् ।

‘सबैलाई करको दायरामा आउन आग्रह गरिरहेका छौँ । लामो समयसम्म कर नतिरेका उद्योगी, फर्म सञ्चालकका लागि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पछिल्लो तीन वर्षको कर तिरे अरु कर छुट हुने सरकारले व्यवस्था गरेको छ । यो अवसरको सदुपयोग गरौँ’, उनले भने ।

विसं २०७५ असोज महिनाबाट करदाता सेवा कार्यालय लम्कीले सेवा शुरु गरेको थियो । करदाता सेवा कार्यालय लम्कीबाट रु ४० करोडभन्दा तलको कारोवार गर्ने व्यक्ति वा संस्थाले सेवा लिन पाउँछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ०१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न