वार्टफोर्डलाई हराएसँगै वेस्टह्याम प्रिमियर लिगको रेलिगेशनबाट जोगियो | Khabarhub Khabarhub

वार्टफोर्डलाई हराएसँगै वेस्टह्याम प्रिमियर लिगको रेलिगेशनबाट जोगियो


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा वार्टफोर्डलाई हराएसँगै वेस्टह्याम रेलिगेशनबाट जोगिएको छ ।

शुक्रबार राति भएको खेलमा वार्टफोडलाई वेस्टह्यामले ३–१ गोल अन्तरले पराजित गरेको छ ।

वेस्टह्यामको जीतमा मिचेल एन्टोनियो, टोमा सौक र डेक्लान रइसले एक एक गोल गर्दा टोरी डेनीले वार्टफोर्डका लागि एक गोल फर्काएका थिए ।

खेल सुरू भएको छैटौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामका लागि अग्रता दिलाएका थिए । यसैगरी दशौं मिनेटमा सौकले गोल गर्दै अग्रता दोब्बर बनाए । ३६औं मिनेटमा रइसले गोल गर्दै ३–० को अग्रता दिलाए ।

पहिलो हाफमा वाटफोर्डलाई दबाबमा राखेको वेस्टह्यामले दोस्रो हाफमा भने एक गोल खायो । वाटफोर्टका लागि डेनीले ४९औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि थप गोल नभएपछि वेस्टह्याम विजयी भयो ।

जीतसँगै प्रिमियर लिगमा ३७ अंक बनाउँदै वेस्टह्याम १५औं स्थानमा रहँदा वाटफोर्ड भने ३४ अंकका साथ १७औं स्थानमा छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ०५ बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन