एमसीसी बारे अनावश्यक भ्रम फैलाइयो - कांग्रेस नेता कार्की | Khabarhub Khabarhub

एमसीसी बारे अनावश्यक भ्रम फैलाइयो – कांग्रेस नेता कार्की

एमसीसी राष्ट्रहीत विपरीत छैन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता राष्ट्रहीतविपरित नभएको बताएका छन् । एमसीसी सम्झौता गर्ने तत्कालिन अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद कार्कीले एमसीसी कार्यान्वयन गर्नेहरु राष्ट्रघाती हुन भनेर प्रमाणसहित भन्न पनि चुनौती दिए ।

प्रतिनिधिसभाको विषेश समयमा बोल्दै कार्कीले भने,‘एमसीसी सम्झौता अघि बढाउने क्रममा बाबुराम भट्टराई, खिलराज रेग्मी, अहिलको प्रधानमान्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, सुशील कोइराला र नेकपा अध्यक्ष पुष्पकमल दाहालहरु समेत संलग्न हुनुभएको छ । यतिका धेरै प्रधानमन्त्री, मन्त्रीहरु सबै राष्ट्रघाती हुन् । राष्ट्रघाती हुन भने जनताका माझमा भन्नपर्‍यो ।’

एमसीसीका विषयमा अनावश्यक भ्रम फैलाइएको र नेपालको विश्वसनियतामाथि प्रश्नचिन्ह खडा भइरहेको भन्दै उनले भने,‘एमसीसी राष्ट्रिय स्वाभिमानका पक्षमा छ । एमसीसीका बारेमा भ्रम सिर्जना भइरहेको छ । एमसीसी कार्यान्वयन भएपछि अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाइएको छ । यो सम्झौताको कुन दफामा छ अमेरिकी सेना आउने विषय ।’

एमसीसी सम्झौता नेपालको संविधानभन्दा पनि माथि रहेको भन्दै अर्को भ्रम फैलाइएको उनले बताए । उनले भने,‘दुई देशबीचमा भएको सम्झौता कानूनअनुसार छ । एमसीसी नेपालको संविधानभन्दा माथि नभएको निवेदन गर्न चाहन्छु । अमेरिकाले चाहनेवित्तिकै सम्झौता खारेज हुन्छ भनेर हल्ला फैलाइएको छ । दुबै पक्षले ३० दिनको समयमा खारेज हुनसक्ने व्यवस्था छ । अमेरिका एक्लैले एमसीसी सम्झौता खारेज गर्नसक्ने व्यवस्था छैन ।’

एमसीसी अन्तर्गतको परियोजना सञ्चालन गर्न अर्थसचिवको अध्यक्षतामा नागरिक समाज, नीजि क्षेत्र र विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहने स्पष्ट व्यवस्था गरिएको भन्दै उनले भने,‘अर्चसचिवको संयोजकत्वमा हुने समितिले नेपालको पक्षमा काम गर्छ कि विदेशको पक्षमा काम गर्छ । विश्वव्यापी रुपमा प्रतिस्पर्धा गराएर परियोजना कार्यान्वयन गर्ने भन्ने स्पष्ट व्यवस्था छ ।’

एमसीसी सम्झौतामाथि संसदमै छलफल चलाउन माग गर्दै कार्कीकले भने,‘अरुण तेस्रो गुमाउँदा जसरी लोडसेडिङमा बस्नपर्‍यो। एमसीसी गुमायौं भने हाम्रो विश्वसनियता गुम्नेछ। एमसीसीलाई संसदको बहसको विषय बनाइयोस् । छिटोभन्दा छिटो संसदमा ल्याएर संसदमै छलफल चलाइयोस् ।’

एमसीसीका बारेमा अनावश्यक भ्रम फैलाइएको भन्दै संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो धारणा राख्ने औपचारिक निर्णयअनुसार सांसद कार्कीले संसदमा एमसीसीका बारेमा धारणा राखेका हुन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ४ : ०७ बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार