नारायणकाजी श्रेष्ठले भने- कालापानी हाम्रो भू–भाग हो, भारतीय सैनिक क्याम्प हट्नुपर्छ | Khabarhub Khabarhub

नारायणकाजी श्रेष्ठले भने- कालापानी हाम्रो भू–भाग हो, भारतीय सैनिक क्याम्प हट्नुपर्छ


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कालापानी नेपाली भू–भाग भएकाले भारतीय सैनिक क्याम्प हटाउनु पर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल बोल्दै प्रवक्ता भने, ‘हामीले भनेका छौं त्यो भू–भाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ ।

त्यो भू–भागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ भन्ने हाम्रो दृढ अडान हो ।’

नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै त्यसका लागि भारत तयार हुनुपर्ने बताए ।

‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठले थपे, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ ।’ छिटो वार्तामा बसेर नेपाल र भारतबीचको सम्बन्धलाई नकारात्मक दिशामा जान नदिन उनले भारतलाई आग्रह गरे ।

१८१६ को सुगौली सन्धिमा काली नदीको पश्चिमको भूभाग भारतलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा दुई देशबीचको सीमा काली नदी देखाइएको र नेपालको कुनै पनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरेको भन्दै श्रेष्ठले यी आधार नै लिम्पियाधुरा नेपालकै भएको प्रमाणको रुपमा उल्लेख गरे ।

उनले नेपालकै राजनीतिक दलहरुलाई पनि लिम्पियाधुराको मुल मुद्दालाई ओझेलमा पार्ने गरी अन्य विषयलाई अगाडि नल्याउन आग्रह गरेका छन् ।

‘यतिखेर हेर्नुपर्ने मुख्य मुद्दा भनेको यो भूमि भारतले कब्जा गरेको हो, यो भूमि फिर्ता लिई छाड्नु पर्छ भन्ने हो । यो मुद्दामा हिजो कहाँ कसको कमजोरी भयो भन्ने बारेमा वा राष्ट्रियताको अरु विषयमा पनि सन्दर्भबश चर्चा गर्नु एउटा कुरा हो । तर, यसैलाई मुद्धा बनाएर, आफैँलाई आरोप प्रत्यरोप गर्नेमा लाग्नु हुँदैन’ उनले भने ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १ : ३४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द