कोपा इटालियाको उपाधि नापोलीलाई, युभेन्टस ४-२ ले पराजित | Khabarhub Khabarhub

कोपा इटालियाको उपाधि नापोलीलाई, युभेन्टस ४-२ ले पराजित


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा इटालियाको उपाधि नापोलीले जीतेको छ ।

बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४-२ ले हराएको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।

युभेन्टसको लागि ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा माथि आकासिएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए ।

नापोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।

हारसँगै १४ औं पटक कोपा इटालियाको उपाधि चकानाचुर भएको छ । नापोलीले भने ६ वर्षपछि उपाधि जीत्न सफल रह्यो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ५ : ३१ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार