कांग्रेस सांसद अमरेशकुमार सिंहको प्रश्न : यस्तै लोकतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन भएको थियो ? | Khabarhub Khabarhub

कांग्रेस सांसद अमरेशकुमार सिंहको प्रश्न : यस्तै लोकतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन भएको थियो ?


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुख्य विपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारको नीति तथा कार्यक्रमलाई तराईमा प्रचलित अँधेर नगरी चौपट राजा, टकसेर भाजी टकसेर खाजा उखासनसँग तुलना गरेर कटाक्ष गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै उनले भने, ‘नीति तथा कार्यक्रम हेर्दा एउटा उखानजस्तै छ । अँधेर नगरी चौपट राजा, टकसेर भाजी टकसेर खाजा । यो नीति तथा कार्यक्रम यस्तो आएको छ कि जसरी मुलुकमा सबै ठिकठाक छ । जनता सबै ठिकठाक छन् । केही समस्या छैन ।’

सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधनमार्फत शुक्रबार प्रस्तुत ६३ पेज लामो नीति तथा कार्यक्रम एउटा शिक्षकले विद्यार्थीलाई पढाउने पाठजस्तो गरी तयार गरेको टिप्पणी गरे ।

उनले सरकारको नीति कार्यक्रम हेर्दा आफूलाई संघीयता बाँच्छ कि बाँच्दैन, गणतन्त्र, लोकतन्त्र रहन्छ कि रहँदैन, समावेशिता रहन्छ कि रहँदैन भन्ने डर लागेको बताए ।

सिंहले भने, ‘आउँदो दिनमा कोभिड–१९ बाट कसरी फेस गर्ने, कसरी सेभ गर्ने, कसरी पिसिआर टेष्ट गर्ने, कसरी जनतालाई खुवाउने, कसरी श्रमिकहरूको व्यवस्थापन गर्ने, नीति तथा कार्यक्रममा कहीँ पनि देखिएन ।’ उनले नेपाली सेनाको टोलीले बिरामी श्रीमतीका लागि रगत लिन गइरहेको एउटा नगरिकलाई नाङ्गो पारेको भन्दै सरकारको आलोचना गरे ।

उनले भने, ‘आर्मीले कोभिड–१९ को महामारी चलेका बेला रातो कार्पेट विछ्याएको देखिएको छ । अर्को तस्वीर आएको छ । गरिब एउटा मानिस आफ्नो श्रीमती बचाउनका लागि रगत लिन गएका बेला त्यसलाई नङ्ग्याउँछ ।’

सिंहले महाभारतको एउटा प्रसङ्ग जोड्दै  कमजोर मानिसलाई निर्वस्त्र पारेर सत्ता नटिक्ने बताए । उनले भने, ‘जब कमजोर मानिसलाई निर्वस्त्र गरिन्छ, त्यो सत्ता टिक्दैन । त्यो सत्ता समाप्त हुन्छ । द्रौपदी त्यहाँ कमजोरको प्रतीक थियो । अहिले धनश्याम मधेशी समुदायको एउटा कमजोर प्रतीक थियो । जुन तरिकाले शासनसत्ताको बलमा उसलाई अर्घनग्न गरियो, यो सत्ताको दिन धेरै लामो छैन ।’

सिंहले सरकारका प्रमुखमा धृतराष्ट्रको रूप र अर्थमन्त्रीमा दुर्योधनो रूप देखिएको भन्दै कटाक्ष गरे । उनले भने, ‘जसरी त्यही युवराजका कारणले हस्तिनापुर समाप्त भयो, हस्तिनापुरको जनताको लागि यमराज सावित भयो । मलाई कहीँ न कहीँ चिन्ता लागिरहेको छ । यो सरकारको प्रमुख धृतराष्ट्रका युवराज अहिलेका अर्थमन्त्री नेपाली जनताका लागि यमराज सावित नहोऊन् ।’

सिंहले अर्थमन्त्रीले राहत कहाँबाट ल्याएर दिऊँ, पैसा छापेर दिऊँ भन्ने भाषा प्रयोग गरेको आरोप लगाए । उनले प्रश्न गर्दै भने, ‘राज्यकोषमा भएको पैसा मन्त्रीको ३ करोड, ४ करोडको गाडी किन्नका लागि हो ? कोभिड–१९ को महामारीका बेला राष्ट्रपतिजी अघिपछि सुरक्षाकर्मी राखेर सवारी हुनुपर्ने जरुरी थिएन ।’

उनले लकडाउन सकिएपछि जनताले सरकारमाथि लकडाउन गर्ने चेतावनी पनि दिए । उनले प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै भने, ‘व्यवस्था र लोकतन्त्र कता जान्छ भन्ने मेरो चिन्ता हो । कति तपाईंले भ्रष्टाचार गर्नु, यो मेरो विषय होइन किनकि तपाईं भ्रष्टाचारबाट गनाइसक्नुभएको छ । चाहे बालुवाटारको जग्गाकाण्ड होस्, चाहे ओम्नीकाण्ड होस्, चाहे यति होल्डिङ्सको काण्ड होस् । अथवा वाइडबडी काण्ड होस् । हुँदाहुँदा अपहरणकारीलाई पनि क्लिन चिट दिनुभयो ।’

सिंहले प्रधानमन्त्रीले जनताबाट क्लिन चिट पाउन नसकेको टिप्पणी गरे । उनले भने, ‘जनताको दरबार सबैभन्दा ठूलो दरबार हो । म नेकपाका सहयोद्धा साथीहरूलाई सोध्न चाहन्छु, के यस्तै गणतन्त्र र लोकतन्त्रका लागि लड्नुभएको थियो ? के यस्तै गणतन्त्रका लागि ०६२÷६३ को दोस्रो जनआन्दोलन भएको थियो ?’

सिंहले जनयुद्ध र शान्ति प्रक्रियाबारे पनि प्रश्न उठाए । उनले सोधे, ‘यस्तै लोकतन्त्रका लागि जनयुद्ध भएको थियो ? यस्तै लोकतन्त्रका लागि शान्तिप्रक्रिया भएको थियो ? त्यो योद्धाहरू, जो महारथी, रथीहरू हुनुहुन्छ, अहिले किन मौन बसिरहनुभएको छ ? त्यही हस्तिनापुरका भीष्मपितामह, द्रोणाचार्य महारथीहरू मौन भएर पूरै महाभारतको हस्तिनापुर सखाप भयो । त्यस्तै नेपाली लोकतन्त्रका लागि पनि अवस्था आएको हो ?’

 बाँकी भिडियोबाट सुनाैं

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : १८ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने