कुवेतबाट नेपाली कामदारको गुहार (भिडियोसहित) | Khabarhub Khabarhub

कुवेतबाट नेपाली कामदारको गुहार (भिडियोसहित)

सरकार ! हामी विदेशी भूमिमा मर्नु नपरोस् !


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाडी मुलुक कुवेतको आदानस्थित एक क्याम्पमा दुई सय जना नेपाली कामदार बसेका छन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि कुवेत सरकारले उनीहरूलाई अप्रिल २६ तारिखदेखि आदानको दुई तले एउटा विद्यालयमा क्याम्प बनाएर राखेको हो ।

कोरोना संक्रमणको त्रासबीच एउटै सानो क्याम्पमा दुई सय कामदार बस्नु परेको छ । साँघुरो ठाउँमा अक्सिजनको अभाव महसुस हुने गरेको छ ।

‘कोठामा थुनिएको २२ दिन भइसकेको छ । बाहिर जान मिल्दैन, सुरक्षा गार्ड गेटमै बस्छन् । रातदिन कोठामा बस्दा बिरामी हुन थालिसक्यौँ,’ क्याम्पमा बसेका कामदार अमरबहादुर सेनले खबरहबसँग भने, ‘एउटै कोठामा डेढ सयभन्दा बढी छौँ कसरी बसिरहेका हौँला, सोच्नुस त !’

उक्त विद्यालयको क्याम्पमा रौतहट, उदयपुर, रोल्पा, पाँचथरलगायत जिल्लाका कामदार छन् । रोजगारीका लागि गएका उनीहरूको अवस्था अहिले दयनीय बनेको छ । वैदेशिक रोजगार बोर्डका अनुसार कुवेतमा करिब ५० हजार नेपाली कामदार छन् ।

पैसा कमाएर परिवार सुखी बनाउने उत्साहका साथ कुवेत पुगेका अमर र उनका नेपाली साथीहरू अहिले संक्रामक रोग कोरोना भाइरसको जोखिममा छन् ।

‘काम छोडेको तीन महिना भइसक्यो अर्काको देशमा संक्रमणको जोखिम मोलेर कति दिन बस्ने !’ अमरले खबरहबसँग भने, ‘स्वदेशमा रहेका परिवारको चिन्ता उत्तिकै छ, सरकारले उद्धार गरोस् भन्ने हाम्रो आग्रह छ ।’

 कुवेतमा अलपत्र नेपाली कामदारको गुहार

कुवेत सरकारले आफ्नै टिकटमा त्यहाँ रहेका नेपाली कामदारलाई स्वदेश फर्काउने जनाउ दिएकेको छ । नेपाल सरकारले बेवास्ता गर्दा विदेशी भूमिमै मरिने पो हो कि भन्ने त्रास उनीहरूमा बढ्न थालेको छ ।

अमरका अनुसार कुवेतस्थित नेपाली दूतावासले अप्रिल २४ तारिखमा एकतर्फी ट्राभलका लागि आवेदनसमेत मागेको थियो ।

‘स्वदेश फर्किन पाइने खुसीमा अप्रिल २४ तारिखमा फर्म भरेको आज मे १७ भइसक्यो’ निराश अमरले भने, ‘केही दिनअघिदेखि दूतावास पनि सम्पर्कविहीन छ ।’

पाँचथर घर भएका फूलकुमार लावतीले भने, ‘सरकारले हाम्रो उद्धारमा हेलचेक्र्याइँ गर्‍यो, दूतावासलाई फोन गर्दा सुरक्षित भएर बस्नुस् मात्र भन्छ ।’

कोरोनामात्रै होइन भिडभाड र अत्यधिक गर्मीका कारण अरू रोग लाग्ने जोखिम पनि उत्तिकै छ ।

‘बस्ने ठाउँमा यस्तो भीड छ, कसरी सुरक्षित रहने ?’ प्रश्न गर्दै फूलकुमारले खबरहबसँग भने, ‘अत्यधिक गर्मी छ, कोरोनामात्रै होइन, अन्य संक्रामक रोग लाग्ने जोखिम पनि बढेको छ ।’

क्याम्पमै बिरामी पर्दै

उक्त क्याम्पमा बसेकाहरूमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन तर खचाखच बस्नुपर्दा उनीहरू बिरामी पर्न थालेका छन् । कतिपयलाई रुघाखोकी लाग्न थालेको भए पनि उपचारको प्रबन्ध नभएको उनीहरूको गुनासो छ ।

उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेको बताउँछन् उदयपुर घर भएका सुवास राई ।

‘खानाको समस्याका कारण बिरामी पर्न थालेका छौँ, साथीहरू ढल्न थालिसके,’ उनले भने, ‘हाम्रो स्वास्थ्य अवस्था बिग्रिँदै गइसक्यो ।’ सुवासका अनुसार बिहान र बेलुका खानाको व्यवस्था कुवेतको सरकारले गरेको छ तर खाजा दिएको छैन ।

‘कहिले पानी तताएर पिउँछौं, कहिले सरसफाइ गर्न आउने कर्मचारीलाई औषधि ल्याउन लगाएर मुश्किलले बसेका छौँ,’ उनले भने, ‘यसरी कति दिनसम्म बस्ने ! एक महिना पुग्न लागिसक्यो, कोरानाभन्दा पनि अरू नै रोगले लान्छजस्तो भइसक्यो ।’

कुवेतबाट भारत, बंगलादेश, इजिप्ट, सुडान लगायतका देशहरूले आफ्ना नागरिकलाई फिर्ता गरिसकेका छन् । नेपालले भने विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय अझै गर्न सकेको छैन ।

कुवेतमा अलपत्र नेपाली चेलीको याचना

 

सरकार ! हामी बाच्न चाहन्छौँ !

क्याम्प बसेका नेपालीको स्वदेश फर्किने बाहेक अर्को कुनै आकांक्षा छैन । नेपालमा सरकारले जहाँ क्वारेनटाइनमा राखे पनि मातृभूमिमा पाइला टेक्न चाहन्छन् उनीहरू ।

सबै जनाको अनुरोध एउटै छ– सरकार ! यहाँबाट हवाईजहाज आउन पाउने अनुमतिमात्र देऊ । विमानस्थल खेलिदेऊ । यहीँको हवाइजहाज छ, यहीको टिकट पनि छ ।

सरकारले धेरै सोच्न आवश्यक नरहेको अमरको भनाइ छ । ‘यहाँबाट हामीलाई स्वदेश फर्काएर मातहतका प्रदेशलाई जिम्मा लगाए हुन्छ,’ उनी भन्छन्, ‘अहिले शैक्षिक संस्थहरू बन्द छन् त्यही क्वारेन्टाइनमा राख्दा पनि भयो ।’

युवाहरूले वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्सले देश चलको हुँदा युवाहरू आपतमा पर्दा सरकारले बेवास्ता गर्न नहुने उनीहरूको भनाइ छ । यतिबेला उनीहरू सबैको एउटै इच्छा छ– विदेशी भूमिमा मर्नु नपरोस् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ३० बजे

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन