कोरोनाभाइरसलाई जितेकी प्रसिद्धिको सुझाब : अनावश्यक हिँडडुल नगर्नू,सेल्फ आइसोलेसनमा बस्नू | Khabarhub Khabarhub

कोरोनाभाइरसलाई जितेकी प्रसिद्धिको सुझाब : अनावश्यक हिँडडुल नगर्नू,सेल्फ आइसोलेसनमा बस्नू


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएकी काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ उपचारपश्चात् आज फर्किएकी छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत श्रेष्ठ पूर्ण रुपमा स्वस्थ्य भएर घर फर्किएकी छिन् ।

उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर आज घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी श्रेष्ठलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेशनमा उपचार हुँदै आएको थियो ।

अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले आफ्नो अस्पताल बसाई र कोरोना रोगलागेपछिको अवस्थाका बारेमा सञ्चारकर्मीलाई जानकारी गराएकी थिइन् ।

घर फर्कनु अघि प्रसिद्धि श्रेष्ठले यसो भनिन्

चैतको ४ गते दोहा हुँदै फ्रान्सबाट काठमाडौं घर आइपुगेको थिएँ । टेष्ट गर्दा मलाई लक्षणहरु धेरै देखिएको थिएन ।

खासमा म टेष्ट गर्न आउनुको कारण चाँही म यहा घर आइसकेपछि सेल्फ आइसोलेसनमा थिएँ । म घर आइसकेपछि मेरो भियतनामी क्लासमेटले मलाई उसको कोभिड १९ को परीक्षण गर्दा पोजेटिभ देखिएको भनेको भएर म पनि एकपक टेष्ट गर्छु भनेर त्यहि दिन टेकु आइपुगेको थिएँ ।

त्यतिबेला मेरो लक्षणहरु थिएन । दुईदिन पछि रिपोर्ट आउँदा म पनि कोभिड पोजेटिभ रहेछु । र म पनि नेपालको दोस्रो कोभिड १९ को पोजेभि केस भए ।

म अस्पतालमा २७ दिन बसे । मेरो रिपोर्ट आउने वित्तिकै यहाँका डाक्टरले मेरो घरमै एम्बुलेन्स पुर्‍याउनु भयो । मलाई डा अनुप लगायत डाक्टरलेहरुले शुरु देखि नै तिमी निको हुन्छौं चिन्ता नगर भन्नुभएको थियो ।

त्यहि दिनदेखि नै हरेक दिन डाक्टर, नर्सहरुले प्रोफेसनल्लि र पर्सनल्ली पनि केयर गर्नुभएको थियो । म एक दमै स्याटिस्फाइ थिएँ ।
मलाई यहाँ केही कमी महसुस भएन ।

मलाई एकदिन कफ भएर डाक्टर अनुपलाई भन्दा उहाँहरुल ५ घण्टामै मेरो छातीको एक्सरे गर्नुभएको थियो । त्यहि भएर मलाई उपचारमा कुनै कमि महशुस भएन ।

म टेकु आएको एक दुई दिनपछि लक्षण देखिन थाल्यो । जस्तै स्वास्स फेर्न अफ्ट्यारो, खोकी लाग्ने, थकाइ एकदम लाग्ने, पेटमा दुखाइ थियो ।

म घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ। जहाजमा पनि एक्लै बसेको थिएँ, पूर्वसावधानीले गर्दा परिवारका सदस्यमा कोरोना सर्न पाएन। अरूलाई फैलन पाएन ।

सरकारले धेरै प्रयासहरू, काम गरिरहेको छ। सकेसम्म मानिसहरूलाई आइसोलेसनमा राख्न सहयोग गरिदिनुहोला धेरै मानिस आइसोलेसनमा बस्न पाएका छैनन्।

सेल्फ आइसोलेसन महत्वपूर्ण कुरा हो। तपाईं बाहिरबाट आउनुभएइको छ भने परीक्षण पनि गराउनुस्, सरकारले त्यो सुविधा पनि दिएकै छ। छन्। अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू मास्क, ग्लोव्स् र चस्मा लगाउनुस् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ४ : ५७ बजे

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने