बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा | Khabarhub Khabarhub

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।

स्वास्थ्यचौकीको एम्बुलेन्सले सुरक्षा सामग्री नभएको भनेर बिरामी बोक्न नमानेको तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँबासीले फेला पारी एम्बुलेन्ससमेत तोडफोड गरिदिएका थिए ।

बिहीबार पक्राउ गरिएका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ३० बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई