जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ४१ हजारभन्दा धेरै | Khabarhub Khabarhub

जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ४१ हजारभन्दा धेरै


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४१ हजार ३९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९९ नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म जर्मनीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३५२ पुगेको छ । २४ घण्टाको अवधिमा मात्र ३ सय जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ८३ हजार ११४ उपचारपछि निको भएर फर्केका छन् । ५३ हजार ९३१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५ हजार १३ जनाको अवस्था चिन्ताजनक छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ३८ बजे

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको