कोरोनाको प्रभाव : आकस्मिक दन्तरोगका बिरामीको मात्र उपचार गरिने | Khabarhub Khabarhub

कोरोनाको प्रभाव : आकस्मिक दन्तरोगका बिरामीको मात्र उपचार गरिने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कुनै पनि आपतकालीन अवस्था बाहेक दन्त चिकित्सक, डेन्टल क्लिनिक र डेन्टल अस्पतालमा नजाऔं’ सामाजिक सञ्जाल फेसबुकमा केही समय अघिदेखि दन्त चिकित्सकहरुले नै यो सन्देश शेयर गरिरहेका छन् ।

दन्त चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम हुने भन्दै आपतकालीन अवस्था बाहेक दन्त परीक्षण नगर्न सल्लाह दिइरहेका छन् ।

दन्त चिकित्सकको संस्था नेपाल डेन्टल एसोसिएसनले कुनै पनि कारणले अत्याधिक रक्तश्राव भएमा र रगत बग्न नरोकिएमा, संक्रमण तथा चोटपटकको कारणले अनुहार, गाला र घाँटीको वरिपरि सुन्निएर सास फेर्न गाह्रो भएमा, दुर्घटना एवं अन्य कुनै कारणले दाँत भाँचिएको वा झरेमा, सहन नसक्ने गरी अत्याधिक मात्रामा दाँत दुखेको अवस्थालाई मात्र आपतकालीक अवस्था भनेकाे छ । नेपाल डेन्टल एसोसिएसनले यी अवस्था बाहेक सामान्य दन्त समस्यामा दन्त परीक्षण नगर्न आग्रह गरेको छ ।

वरिष्ठ कन्सलटेन्ट डेन्टल सर्जन डाक्टर प्रकाश बुढाथोकीले कोरोना भाइरसको संक्रमणको उच्च जोखिम हुने भएकाले दन्त चिकित्सकहरुले आकस्मिक अवस्थामा मात्र दन्त परीक्षण गर्न सर्वसाधारणलाई सचेत गराइएको बताए । तर, सरकारले भने दन्त परीक्षणको विषयमा कुनै विशेष घोषणा नगरेको बुढाथोकीले बताए ।

‘सरकारी तहबाट नै आह्वान भएको कुरा त होइन, तर कुनै पनि संक्रमण वा रोग फैलियो भने त्यसको रोकथामको लागि सबै सजक हुनुपर्छ,’ डा बुढाथोकीले भने, ‘यस्तो समयमा चिकित्सकले प्रयोग गर्ने प्रोटेक्टिभ सामाग्री सहज रुपमा नपाइएको हुनाले दन्त चिकित्सकहरुले आकस्मिक अवस्थामा मात्र स्वास्थ्य उपचार गरौं भनेर चिकित्सकहरुले नै सचेतना दिइरहेका हुन् ।’

सामान्य समस्यामा पनि बिरामीहरुको अस्पतालमा भिड लाग्दा त्यहाँ कोरोनाको जोखिम हुनसक्ने भएकाले चिकित्सकहरुले आकस्मिक रुपमा मात्र दन्त परीक्षण गर्न चिकित्सकहरुले आह्वान गरेको बताए । दन्त चिकित्सकको संस्था नेपाल डेन्टल एसोसिएसनले पनि आकस्मिक अवस्था बाहेक सामान्य अवस्थामा दन्तरोगको उपचार नगर्न सूचना जारी गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रभिन्द्र अधिकारीले आकस्मिक अवस्था बाहेक सामान्य दन्तरोगका बिरामीको उपचार गर्न छाडिएको बताए ।

‘विश्व स्वास्थ्य संगठनले नै कोरोनालाई विश्वव्यापी महामारीको घोषणा गरीसकेको अवस्था छ,‘ डा अधिकारीले भने, ‘त्यसैले विश्व स्वास्थ्य संगठनको डाइडलाइन अनुसार हामीले सबै डेन्टल सर्जन तथा डाक्टरहरुलाई दन्तरोगको आकस्मिक अवस्थामा मात्र बिरामीको उपचार गर्नु भनेर सूचना सर्कुलेसन गरेका छौं ।’

दन्तरोगको उपचारमा बिरामी र डाक्टरबीचको दूरी निकै कम हुने र त्यसले गर्दा कोरोनाको जोखिम उच्च हुने भएकाले आकस्मिक अवस्था बाहेक सामान्य दन्तरोगको बिरामीको उपचार नगर्ने निर्णय गरीएको डा अधिकारीले बताए ।

‘कोरोना संक्रमण सर्नबाट बच्न व्यक्तिहरुबीच कम्तिमा पनि ६ फिटको दुरीमा बस्नुपर्छ भनिएको छ, तर हामी डेन्टल सर्जनहरु बिरामीको नजिक नगइ, मुखभित्रको पानी नचलाइ वा नहेरी उपचार गर्न सम्भव नै छैन, हामी त बिरामीको मुखमै हेरेर काम गर्नुपर्छ, एकफिटको दुरीभन्दा पनि नजिक बस्नुपर्छ,’ डा अघिकारीले भने, ‘त्यसैले हामीले सामान्य दाँत सफा गर्नुपर्ने, रोग नलागेपछि दाँतको अवस्था हेर्नुपर्ने कामहरु चाँही केही समय रोकेका छौं ।’

दन्तरोगको आकिस्मक समस्यामा परेका बिरामीको भने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट लगाएर परीक्षण गर्न भनिएको डा अधिकारीले बताए ।

‘दन्तरोगको आकस्मिक समस्याहरु दाँत दुखेका, रगत निरन्तर बगिरहेका बिरामीको मात्र उपचार गर्ने निर्णय गरेका छौं,’ डा अधिकारीले भने, ‘आकस्मिक दन्तरोगका बिरामीलाई पनि कोरोनाका बिरामीलाई परीक्षण गर्दा जस्तै पर्सन प्रोटेक्टिभ इक्युपमेन्ट लगाएर मात्र परीक्षण गर्नु भनेर चिकित्सकहरुलाई भनेका छौं ।’

डा अधिकारीले नेपाल पनि कोरोना भाइरसको जोखिम उच्च भएकाले आकस्मिक बिरामी मात्र हेर्न लागेको बताए ।

‘डेन्टलको धेरै बिरामीहरु हुन्छन्, हामी डाक्टरहरु स्वस्थ छौं भन्दैमा हामीले दाँतको उपचार गर्नु हुँदैन,’ डा अधिकारीले भने, ‘हामीसँग उपचार गर्न आउने बिरामीमा पनि कोरोना हुनसक्ने हुन्छ, एउटा बिरामीमा कोरोना रहेछ भने त हामीलाई पनि सर्छ र लक्षण नदेखिएको अवस्थामा अन्य बिरामीलाई पनि कोरोना सर्ने जोखिम रहन्छ। त्यसैले आकस्मिक अवस्थामा मात्र बिरामी हेर्ने निर्णय गरेका हौं ।’

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : २९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०