सार्वजनिक सवारीमा यात्रुको सुरक्षाका लागि यातायात व्यवस्था विभागले कमिटी बनाएर काम गर्ने | Khabarhub Khabarhub

सार्वजनिक सवारीमा यात्रुको सुरक्षाका लागि यातायात व्यवस्था विभागले कमिटी बनाएर काम गर्ने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेसँगै यातायात व्यवस्था विभागले समग्र यातयातको क्षेत्र हेर्नका लागि कमिटी बनाएर काम गर्ने भएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुले कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बारे विभागले सूचना निकाल्ने र केही दिनमै त्यससम्बन्धि कमिटि बनाएर काम गर्ने विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए ।

बुधवार यातायात व्यवस्था विभागको कार्यालय मीनभवनमा यातायात व्यवसायी, मजदुर, ट्राफिक प्रहरी, स्वास्थ्य मन्धालय र विभागबिच छलफल भएको थियो ।

छलफलमा व्यवसायीहरुले सार्वजनिक सवारीसाधनको संख्या दिनप्रतिदिन घट्दै गइरहेको र त्रासमा सवारी चलाउनुपर्ने बाध्यता समेत बनेको बताए ।

‘अहिले चालक र सहचालकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भनिएको छ’ यातायात व्यवसायी होम प्रसाद अधिकारीले भने, ‘मास्क पाउनै मुस्किल छ सरकारले सेनिटाइजर र मास्क कहाँबाट पाइन्छ भनिदिनुपर्‍यो ।’

बजारमा बरामद भएका मास्कहरु सार्वजनिक सवारी साधनमा यात्रा गर्नेलाई वितरण गर्न सकेमा यात्रुको सुरक्षा हुने र आत्मबल बढ्ने काम सरकारबाट भइदिए राम्रो हुने व्यवसायीको भनाइ छ ।

त्यस्तै व्यवयासीहरुले प्रत्येक टिकट काउन्टर तथा बस स्टपमा हेल्थ डेक्स राख्न माग गरेका छन् ।

सर्वसाधारणलाई कोरोना भाइरस सम्बन्धि सचेतना फैलाउनका लागि सवारी साधनमा सूचना, भिडियो लगायतका जानकारीहरु वितरण गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ५८ बजे

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार