युरोप, जापान र खाडी मुलुकमा रहेका नेपाली वैशाख ३ गतेसम्म घर आउन नपाउने | Khabarhub Khabarhub

युरोप, जापान र खाडी मुलुकमा रहेका नेपाली वैशाख ३ गतेसम्म घर आउन नपाउने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि युरोपसहित खाडी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य मुलुबाट आउने नागरिकमाथि रोक लगाएको हो ।

निर्णयमा सबै नागरिकमाथि भनिएका कारण यसबाट नेपाली पनि प्रभावित हुने देखिन्छन् ।

माथि उल्लेख गरिएका देशबाट आउने सबै यात्रुलाई २० मार्च २०२०(शनिवार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० (वैशाख ३ गते) सम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

यससँगै हवाइ मार्गबाट नेपाल आउने सबै यात्रुलाई प्रतिबन्ध लागेको छ । यससँगै नेपाल आउन चाहने नेपाली पनि रोकिने भएका छन् ।

खाडीका विभिन्न मुलुक, दक्षिण कोरिया, जापान, मलेसिया लगायतका मुलुकमा नेपालीहरु वैदेशिक रोजगारीका लागि रहेका छन् । कतिपय देशमा कोरोनाको संक्रमण फेलिएसँगै नेपाल भित्रने नेपालीको संख्या बढिरहेको तथ्यांकहरु सार्वजनिक भइरहँदा सरकारले यस्तो निर्णय आएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ३१ बजे

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको