प्रहरीले बरामद गरेको ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई, बाँकी साझाबाट बेचिने | Khabarhub Khabarhub

प्रहरीले बरामद गरेको ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई, बाँकी साझाबाट बेचिने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बजारबाट जफत गरेको ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाई उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले अवैध रुपमा लुकाइ राखिएका अवस्थामा फेला परी गृह मन्त्रालयबाट जफत गरिएका ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय गरेको हो ।

यस्तै बाँकी रहेका अन्य मास्क भने साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री वितरण गर्ने निर्णय गरेको छ ।

सरकारले कोरानोनाका बिरामीलाई स्वास्थ्य उपचार गर्नुपर्ने भएका स्वास्थ्य मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट उपचार गराउने व्यवस्था गर्ने पनि जनाएको छ ।

बजारमा मास्कको कालाबजारी शुरु भएपछि सरकारले विभिन्न क्षेत्रमा लुकाइएको मास्क जफत गरेरको थियो । सरकारले काठमाडौंको सानो भर्‍याङबाट मात्र १० लाख थान मास्क लुकाएर राखेको अवस्थामा जफत गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ०१ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार