कोरोना भाइरस फैलिन नदिन श्रीलंकामा कर्फ्यू  | Khabarhub Khabarhub

कोरोना भाइरस फैलिन नदिन श्रीलंकामा कर्फ्यू 


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि श्रीलंकाले देशका केही स्थानमा कर्फ्यू  जारी गरेको छ ।

श्रीलंका प्रहरीले बुधबार मुलुकका पुत्तालम जिल्लाका ११ स्थान, चिल्ला क्षेत्रका ७ स्थान र कोचिकादे क्षेत्रमा बुधबार दिउँसो साढे ४ बजेबाट लागू हुनेगरी कर्फ्यू  जारी गरेको हो ।

यो क्षेत्रमा क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ छ । मुलुकले क्वारेन्टाइनको व्यवस्था गर्नुअघि नै ४ हजारभन्दा धेरै मानिसहरु प्रवेश गरेको र तीमध्ये ८ यस जना इटालियन नागरिक छन् ।

ती ८ सय मध्ये अधिकांश इटालियनहरु पुत्तालम क्षेत्रमा खुलेआम घुमिरहेका कारण जोखिम बढेको भन्दै कर्फ्यू जारी गरिएको हो । उनीहरुलाई तत्काल नजिकैको अस्पताल गई दर्ता हुन आह्वान गरिएको छ ।

हाल श्रीलंकामा २,२२८ जनालाई मुलुकका विभिन्न १६ क्षेत्रमा रहेका क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : ३७ बजे

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने  

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा

अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सिंह

सिरहा– मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा

हात्तीको आक्रमणबाट एक महिलाको  मृत्यु

झापा– झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जलवायु विज्ञ पाँडेले दिए रास्वपाबाट राजीनामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य डा अरनिको पाँडेले

इलाम उपनिर्वाचन : रास्वपाका ६ जना उम्मेदवारहरुमा प्राइमरी इलेक्सन हुने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनका लागि ६