वैशाख १८ गतेसम्म चलचित्र हल बन्द गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

वैशाख १८ गतेसम्म चलचित्र हल बन्द गर्ने सरकारको निर्णय


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ । चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, क्ल तथा मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले ती क्षेत्रहरू ३० अप्रिलसम्म(वैशाख १८) बन्द गर्ने निर्णय गरेको हो ।

साथै सरकारले यसको अनुगमन गर्न गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने जनाएको छ ।

योसँगै सरकारले २५ जनाभन्दा बढी मानिसहरू भेला हुन नपाइने पनि जनाएको छ ।

यो निर्णयले नेपाली फिल्म क्षेत्रमा प्रभाव पर्ने भएको छ । यसअघि सरकारले दर्शकलाई फिल्म हलमा नजान आह्वान गरेको थियो । हलवालाले भने उचित सुरक्षा अपनाएको भन्दै फिल्म प्रदर्शन गर्दै आएका थिए ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको भयले फिल्म हलमा दर्शकको उपस्थिति निकै पातलिएको थियो । कोरोना भाइरसका कारण विदेशी फिल्म र नेपाली फिल्म म यस्तो गीत गाउँछु २नीरफूलको प्रदर्शन स्थगित भइसकेको छ ।

अब भने फिल्म प्रेमगीत ३,  लक्का जवान, चपली हाइट ३ लगायतका फिल्मको रिलिज स्वत: स्थगित हुने भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : १३ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले