नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि बस्नेतको गाडीमा तोडफोड ! | Khabarhub Khabarhub

नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि बस्नेतको गाडीमा तोडफोड !


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरमा केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ ।

चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको हो ।

गाडी तोडफोड राजनीतिक प्रतिशोधमा भएको भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

नेकपाका नेता महेश बस्नेतले राजनीतिक प्रतिशोध साँधेको आरोप भक्तपुर कांग्रेसले लगाएको छ ।

बस्नेतको भक्तपुरस्थित निवासको अगाडि आँगनमा रोकिराखेको गाडी नेता बस्नेतले तोडफोड गर्न लगाएको कांग्रेस कार्यकर्ताको आरोप छ ।

यसले नै गरेको हो भन्ने नभए पनि प्रतिशोधका रुपमा महेशको समूहले आफ्नो गाडीमा क्षति पुर्याएको दावी जगदीशको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ५१ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ