आतंक कोरोना भाइरस महामारीको, चिन्ता बिग्रदो अर्थतन्त्रको | Khabarhub Khabarhub

आतंक कोरोना भाइरस महामारीको, चिन्ता बिग्रदो अर्थतन्त्रको



विश्वले चीनबाट फैलिएको कोरोना भाइरसको कहर रोकिएला भन्ने आशा गरिरहेको यसको संक्रमण विश्वका १६५ देशमा फैलिएको छ ।

संक्रमण रोकिने आश विपरीत कोरोना रक्त बीच झै फँणा फैलाउँदै एक पछि अर्को देशमा देखापर्दै गयो ।

शुरुमा चीन, दक्षिण कोरिया, हङ्गकङ्ग, सिंगापुर, जापान आदि चीन वरिपरीका देशमा यो फैलिएको खबर आयो ।

अनि त्यसपछि इरान, इटलीदेखि लिएर क्यानाडा र अमेरिकासम्म यो खतरनाक भाइरस पुग्यो ।

पछिल्लो समयमा त विश्वका पाँचै महादेशका देशहरु विशेषगरी भारत, ब्राजिल, दक्षिण अफ्रिका लगायत बिभिन्न १६५ देशहरुमा यो फैलिएको खबरले यो डरलाग्दो महामारी विश्वब्यापी नै बन्न पुगेको छ ।

मानिसकै सम्पर्कले यो संक्रमकले डरलाग्दो रुप लिएसँगै विश्वका विभिन्न देशहरुले आन्तरिक र अन्तर्राष्ट्रिय आवात जावतका साधनहरु गाडी, रेल र हवाई जहाजका उडानहरु पनि या त बन्द गरेका छन् या रद्द गरेका छन् ।

स्कूल कलेजहरु पनि बन्द गरिसकेका या गर्न थालेका छन् । यसरी स्कूल कलेजहरु बन्द गरिदिन त सजिलो होला तर सरकारी कार्यालहरु, कल कारखानहरु, होटेल, अस्पताल, हाट बजार लगायतका सार्वजनिक महत्वका स्थानहरुलाई के गर्ने ठूलो समस्या देखा परेको छ ।

यसरी आवतजावत बन्द गर्नु पर्ने स्थिति पैदा भएपछि मानिसहरुको विदेश यात्रामा स्वभावतः कमी आउने नै भयो । वैदेशिक रोजगारी पनि बन्द हुने भयो ।

अन्तर्राष्ट्रिय स्तरका गोष्ठी र बैठकहरु पनि रोकिने भए । यसले अर्थतन्त्रमा ठूलो असर पर्ने भयो । मानिसहरुको जीवन यापन र रोजगारीमा समेत ठूलो समस्या उत्पन्न हुने स्थिति खडा भयो ।

अर्थतन्त्रका हरेक पक्षका तन्तुहरुमा यसको असर पर्न गएर विश्व अर्थतन्त्रमा ठूलो मन्दी, गतिहीनता र गिरावट आउने खतराको संघारमा अहिले विश्व खडा हुन पुगेको स्थिति छ ।

यस सम्वन्धमा इटलीमा फैलिएको भाइरसको प्रकोपलाई रोक्न र फैलिन नदिन यतिबेला इटालीले मात्रै विमान यात्राका २० प्रतिशतभन्दा बढी हवाई टिकट रद्द गरिसकेको जानकारी दिएको छ ।

अरु पनि गर्ने संकेत दिएको दिएको छ । यूरोपमा इटलीमा यो प्रकोप सबैभन्दा फैलिदै र बढ्दै गएपछि इटलीले आफ्ना देशका प्राय सबै ६ करोड नागरिकलाई नै क्वारेण्टाइमा लानुपर्ने या लगिसकेको र लाने तयारी गरिरहेको खबर आइरहेको छ ।

जर्मनी सरकराले पनि ७० प्रतिशत जनसंख्यामा यो संक्रामक भाइरस संक्रमित हुन सक्ने त्रासद आकलन गरिरहेको छ । यस बीच अमेरिका, यूरोप, खाडीका देशहरु लगायत भारतले समेत ट्राभल एडभाइजरी जारी गरेर असुरक्षित सन्देह लागेका आवत जावत, भेटघाट सबै रोक्ने काम गरिरहेका छन् ।

यसस्थितिमा आयात निर्यात कारोबारमा पनि ठूलो कठिनाई उत्पन्न भएको छ । मोबाइल फोन कारोबारको सबैभन्दा ठूलो मेला ‘मोबाइल वल्र्ड कांग्रेस’ यसै भाइरसको डरले रद्द गरिसकेको छ ।

यस्तै स्थिति ‘गेम डेभलोपर कन्फरेन्स’ को पनि भएको छ । अर्कोतिर गुगलले आफ्ना दुइटा ठूला आयोजनाहरु ‘क्लाउड नेक्स्ट इभेण्ट’ र ‘डेभलोपर्स कन्फरेन्स २०२०’ रद्द गरेर अब ‘भिडीयो कन्फरेन्सिङ्ग’मा यसलाई सीमित तुल्याएको छ ।

चिनियाँ मोबाइल कम्पनी ‘शाओमी’ले पनि हाललाई त्यसले कुनै ‘लञ्च इभेण्ट’ नगर्ने प्रष्ट पारिसकेको छ ।

यसै महामारीको डरले भारतका विभिन्न टेक्नोलोजी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई ‘फ्रम होम’ अर्थात् ‘घरैबाट काम गराउने’ आश्वासन दिएको छ । ती कम्पनीहरुमा ‘एचसीएल टेक्नोलोजिज’ र ‘टिसीएस’ सामेल छन ।

‘बिप्रो’ र ‘कग्निजेण्ट’ले आफ्ना भ्रमणहरु रद्द गरिदिएका छन् । अझ ‘कग्निजेण्ट’ले त हैदराबादमा आफ्नो कार्यालय नै केही समयको लागि भनेर बन्द गरिदिइसकेको छ ।

यस्तै यस्तै खबरहरु विश्वका विभिन्न भागबाट ट्वीटरको कार्यालयहरुबाट पनि आइरहेका छन् । ‘अमेजन’ र ‘फ्लिपकार्ट’ले पनि यस्तै गरेको छ ।

‘महिन्द्रा ग्रुप’का प्रमुख आनन्द महिन्द्राले भनेका छन्–‘यो संकटले एक किसिमले काम गर्ने तौर तरीका पूरै बदलिदिन सक्छ’ । उनले ट्वीटमा लेखेका छन् कि संकट त गुज्रेर जानेछ । तर के लाग्दछ भने यसले विश्वलाई सधैंका लागि ‘रिसेट’ अर्थात पुनर्संरचना गरेर जानसक्छ ।

त्यसमा पहिला यसले घरबाटै काम गर्ने प्रचलनमा तीब्रता ल्याउने छ । दोस्रो, धेरैजसो सम्मेलनहरु ‘भर्चुअल र डिजिटल’ हुन थाल्नेछन् । तेस्रो, अब बैठकहरु कम ‘भिडियो कल’ बढी हुनजाने छन् । चौथो, हवाईजहाजमा यात्रा कम हुनेछ । जसबाट पर्यावरण पनि सुधार आएर अझ राम्रो हुनेछ ।

यो आशावादले हाललाई माहोल सुधार गर्नमा मद्दत पुग्नेछ भन्न मुस्किल छ । नमूनाको रुपमा हेर्ने हो भने होटेलहरुको मागमा कमी आएको असरलाई हेर्न देख्न सकिन्छ । होटेल कम्पनीको ठूलो धन्धा चलाउने ‘ओयो’ले विश्वभरीका पाँच हजार आफ्ना कर्मचारीहरुलाई छुट्टी दिइरेको या दिइसकेको छ ।

अनि यो महामारी अझै कहाँ कहाँ फैलिने हो भन्न सकिनै स्थिति छैन । यद्यपि मास्क र सेनिटाइजर जस्ता कुरा उत्पादन गर्ने र बेच्नेवालाहरुको चाँदी कटाई जस्तो देखिएको छ अहिले ।

केमिस्टहरुले बताइरहेका छन् कि हजारौ हजारको संख्यामा मानिसहरुले सेनिटाइजर र मास्स किनिरहेका छन् । भिटामिन सी र प्यारासिटामोलको माग पनि तीब्ररुपमा बढिरहेको छ ।

यसै परिस्थितिमा ती चीज उत्पादन गर्ने कम्पनीहरु अर्थात केही मुठ्ठीभर औषधी फर्मा वा केमिकल कम्पनीहरु अनि मास्स बनाउने उद्योगहरुमा लगानी बढाउने सल्लाह पनि दिन थालिएको छ ।

बजार खराब हुँदाहुँदै पनि यी चीजहरुमो मूल्यमा ठूलो बढोत्तरी देखिएको पनि छ । तर यो कोरोना भाइरसको प्रकोपले गर्दा ठूलो लगानी डुब्ने र टाट पल्टिने स्थितिमा पुगेको समाचारहरु पनि आइरहेका छन् ।

अर्कोतिर अरु सबै उद्योगधन्दा र कारोबारहरुको स्थिति बेहाल बन्दै गएका बेला हवाई यात्रामा जुन डर छ त्यस्तै डर घरबाट बाहिर निस्कनमा पनि कायम छ । त्यसैले, होटल, रेस्टुरेन्ट आदिदेखि चलचित्र घर, ब्यापारिक मल र पुराना बजारहरुका पसलसम्ममा यतिबेला कारोबार ठप्प हुन पुगेका छन् । हुँदै गइरहेका छन् ।

यस स्थितिमा सबैभन्दा खराब अवस्था कारखाना चलाउने कम्पनीहरुको हुन पुगेको छ । किनभने त्यहाँ काम पनि भइरहनु परेको छ । काम गर्ने मानिसहरु भाइरसको संक्रमणबाट जोगिनु पनि परिरहेको छ । यो कम गम्भीर चूनौति होइन । यो चूनौति अझ किन बढेको छ भने आयात ठप्प हुन थालेको या भइसकेको छ ।

यो आज कुनै एउटा देशको मात्र तस्वीर होइन पूरै विश्वभरीकै देशको चित्र हो । हुन पनि मानिसहरु कतै आउ जाउ गर्न छोडेका छन् । उनीहरु किन बेच पनि गरिरहेका छैनन् ।

आज यसरी उत्पादनलाई मात्रै होइन, मागलाई पनि ठूलो झट्का लागेको छ । यस्तो अवस्थामा नेपालको आयातमुखी अर्थतन्त्र स्वतः प्रभावित हुने र स्थिति नाजुन हुने स्थिति टड्कारो छ ।

अहिलेसम्म के निश्चित भएको छैन भने यो भाइरसको प्रकोप कहिलेसम्म रहने हो या सकिने हो । विश्व बैंकले के अनुमान गरेको देखिन्छ भने यदि यो महामारी तुरुन्तै रोकिए भने पनि विश्वको सकल उत्पादन । जीडीपीमा कम्तिमा पनि आधा प्रतिशतको प्रभाव त पर्ने नै छ ।

तर यो महामारी रोकिएन भने जीडीपीको यो गिरावट पाँच प्रतिशतसम्म बढ्न सक्छ । यसको अर्थ हो कि झण्डै झण्डै ४८० लाख करोड डलरको ठूलो झट्का लाग्ने छ ।

यो भाइरस महामारीले सोझै अर्थतन्त्रलाई मात्रै होइन, चाडपर्व, मेलापर्व, उत्सव, यात्रा तथा खेल आयोजना आदिलाई पनि ठप्प पारेको या पार्न सक्ने हुँदा त्यसले पनि कारोबार बन्द भएर अर्थतन्त्रलाई अझ कमजोर पार्ने काम गर्छ नै ।

अतः यो महामारीको बढ्दो असरले बिग्रदो अर्थतन्त्रलाई सम्हाल्न अहिलेदेखि नै विभिन्न देशहरु खासगरी यूरोपेली देशहरु इटली, जर्मनी, बेलायत लगायतका देशहरुले अर्बौं डलरको राहत कोषको घोषणा गरिसकेका छन् ।

विश्वमा सबैभन्दा बढी असर परेको चीनले त झन यसका लागि विशेष तयारी गर्दै आएको छ । र खस्किन सक्ने अर्थतन्त्रलाई सम्हाल्ने विभिन्न उपायहरुको खोजी गरिहेको छ ।

समयमै सचेत भएर लाग्न सके यो भाइरसको प्रभावबाट आर्थिकरुपमा प्रभावित देशहरु फेरि बौरिन र सही बाटोमा अघि बढन सक्ने कुरामा दुइ मत नहोला । तर यसको लागि तत्कालै तत्परता, उपयुक्त उपायको अबलम्बन र त्यसको निरन्तरता अनिबार्य छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : २३ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको