भारतको सहयोगमा विद्यालय पुनर्निर्माण सम्बन्धी कार्यशाला सम्पन्न | Khabarhub Khabarhub

भारतको सहयोगमा विद्यालय पुनर्निर्माण सम्बन्धी कार्यशाला सम्पन्न


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्प पश्चात क्षति भएका विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माण सम्बन्धमा कार्यशाला सम्पन्न गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपश्चात नेपालका विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माणका लागि शुरु गरेको परियोजनाबारे जानकारी दिन कार्यशाला आयोजना गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको हो ।

नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँगको सहकार्यमा मंगलवार आयोजना गरिएको कार्यशाला गोष्ठीमा परियोजना कार्यान्वयन निर्देशन, उत्तम निर्माण अभ्यास, अनुगमन तथा रिर्पोटिङ्गजस्ता पक्षमा छलफल भएको दूतावासले जनाएको छ ।

भारत सरकारले भूकम्प पश्चात शिक्षा क्षेत्रमा ७० वटा विद्यालय तथा एक पुस्तकालयको पुनर्निर्माणमा सहयोग पुर्‍याइरहेको छ ।

केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीले गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण हेतु डिजाइन निरीक्षण तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिरहेको दूतावासले जनाएको छ ।

परियोजनाका पूर्व निर्माण, निर्माण र निर्माणपश्चातका सबै चरणहरुमा सुरुदेखि अन्तिमसम्म निर्माण व्यवस्थापनमा उत्कृष्ट अभ्यास प्रदान गर्ने कार्यशालाको उद्देश्य थियो ।

कार्यक्रममा  केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चूडामणि पौडेल, उप–आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवम् भारतीय राजदूतावासका वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ३७ बजे

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं