अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी छ: उपप्रधानमन्त्री पोखरेल | Khabarhub Khabarhub

अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी छ: उपप्रधानमन्त्री पोखरेल


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताएका छन् ।

युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए ।

“राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन”, उनले भने, “वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ ।”

उनले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिए ।

“देशको भूमि रक्षाका लागि प्रमुख प्रतिपक्षी दलसहित सबै दल एक ठाउँमा आउनुले थप बल पुगेको छ”, उनले भने , “नेपाली भूमि फिर्ता नभएसम्म हामी निरन्तर लडिरहन्छौँ ।”

उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिए ।

उनले सो क्षेत्रमा ३०/४० किलोमिटरको दूरीमा सुरक्षा पोष्ट राखिएको बताउँदै भौगोलिक असहजताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै अप्ठ्यारो पर्ने गरेको बताए ।

उनले विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आफू केही दिनअघि सो क्षेत्रमा गए पनि अत्यधिक हिँउका कारण हेलिकप्टर ‘ल्याण्ड’ हुनसक्ने अवस्था नआउँदा अवलोकन नगरी फर्कनुपरेको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : ४५ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले