पाकिस्तानमा आत्मघाती विष्फोट, ७ जना मारिए | Khabarhub Khabarhub

पाकिस्तानमा आत्मघाती विष्फोट, ७ जना मारिए


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको क्वेट्टा शहरमा गराइएको आत्मघाती बम आक्रमणमा कम्तीमा ७ जना मारिएका छन् ।

बलोचिस्तान प्रान्तको राजधानी शहर रहेको क्वेटामा एक राजनीतिक ¥यालीलाई लक्षित गरी आत्मघाती आक्रमण गराइएको अधिकारीले जनाएका छन् ।

अहल ए सुन्नत वाल जमात नामक समूहले आयोजना गरेको ¥यालीमा भएको विष्फोटमा अरु २५ जना घाइते भएका छन् । यस समूहको संलग्नता कट्टर साम्प्रदायिक गुटसँग रहेको जनाइएको छ ।

¥यालीनजिक मोटरसाइकलमा आएको आत्मघातीलाई प्रहरीले ¥याली भइरहेको स्थानमा जान रोकेको र उसले त्यहीँ विष्फोट गराएको अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि बलोचिस्तान प्रान्तमा यसअघि विभिन्न लडाकु एवं आतंककारी समूहले सार्वजनिक तथा सैनिक निशानालाई लक्षित गरी यस्ता आत्मघाती आक्रमण गराउँदै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ४५ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)