बुर्किना फासोमा भएको आक्रमणमा २४ जना मारिए | Khabarhub Khabarhub

बुर्किना फासोमा भएको आक्रमणमा २४ जना मारिए


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वागाडुगू– अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।

आक्रमणमा मारिनेमा गिर्जाघरका पादरी समेत रहेको जनाइएको छ । मारिनेमा इसाईसहित इस्लाम धर्मावलम्बी समेत रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक आक्रमणकारीले अरु तीनजनालाई अपहरण गरी भागेका थिए । आक्रमणमा अरु १८ जना घाइते भएका छन् ।

२० जनाको समूहमा आएका आक्रमणकारीले उक्त गिर्जाघरनजिकै मानिसहरुको समूहबाट महिला र पुरुषलाई छुट्याएको र पुरुषको समूहलाई लक्षित गरी गोली प्रहार गरेका थिए । त्यसपछि आक्रमणकारीले गाउँमा लुटपाट मच्चाएका थिए ।

लुटपाटका क्रममा उनीहरुले स्थानीय पसलबाट तेल र खानेकुरा लुटेर लगेका थिए । यसक्रममा उनीहरुले लुटिएको सामान लादेर लैजानका लागि तीनजना युवालाई समेत अपहरण गरेका थिए ।

आक्रमणमा घाइते भएकाहरुको घटनास्थलबाट १८० किलोमिटर टाढा रहेको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साहारा मरुभूमिको दक्षिणी किनारमा रहेको बुर्किना फासोमा यसअघि पनि यस्तै किसिमका आक्रमणहरु हुँदै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ४५ बजे

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा