ढोका फोरेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेरा पक्राउ | Khabarhub Khabarhub

ढोका फोरेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेरा पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर प्रहरीले घरको कोठा तोडेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेराहरुलाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको साँगागढी घर भएकी २० वर्षीय जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो

महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले २ जना लुटेराहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङको चिडिउवा घर भइ काठमाडौं बस्ने पूजन लिम्बु र काभ्रे घर भइ काठमाडौंको डल्लु बस्ने अनिल तामाङ छन् ।

प्रहरीका अनुसार उनीहरुले खुकुरी र छिनो लगायतका सामग्री प्रयोग गरी कोठाको ढोका फोरेर लुटपाट गर्न थालेका थिए ।

प्रहरीले पक्राउ परेका लिम्बुको साथबाट १ थान छिनो तथा नगद ५ हजार ३ सय १५ रुपैयाँ एवम् तामाङको साथबाट १ थान खुकुरी र नगद १५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ०८ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को